बयान दिँदा दिँदै फरार डिएसपी गृहमन्त्रालयबाट पक्राउ



सैघाली खबर
बैशाख १३ काठमाडौं । गृह सहसचिव ईश्वर पौडेल संयोजकत्वमा गठित साढे ३३ केजी सुन बेपत्ता एवं सनम शाक्य हत्या छानवीन समिति समक्ष बयान दिँदादिँदै मंगलबार भागेका डिएसपी सञ्जय राउत पक्राउ परेका छन् ।
समितिले तथ्य केलाउन प्रयास गर्दा दोषी ठहर हुने देखिएपछि आत्तिएर भागेका उनी बुधबार पक्राउ परेको समिति स्रोतले जनायो । पक्राउ पुर्जी नदिइ बयान लिइरहेका बेला उनी सोमबार गृहमन्त्रालयबाटै बेपत्ता भएका थिए । त्यस लगत्तै प्रहरीले उनीविरूद्ध पक्राउ सर्कुलर जारी गरेको थियो ।
सुन तस्करका मतियार डिएसपी गृहमन्त्रालयबाटै भागेको विषय पेचिलो बनेपछि प्रहरी प्रधान कार्यालयले उनलाई पक्राउ गर्न ७७ जिल्लाका प्रहरी इकाईमा सर्कुलर जारी गरेको थियो । बुधबार राती नै पक्राउ परेका उनीसँग बिहीबार बिहान समितिले गृह मन्त्रालयमा बयान लिएको छ । बयान सकिए पछि उनलाइ थप कानुनी कारवाहीका लागि विराटनगर पठाइएको स्रोतले बतायो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्