कार्यपालिका सदस्य माईकलले लगाए बैठक भत्ता बिकास निर्माणमा



सैघाली खबर,
तुलसीपुर १३ बैशाख ।

तुलसीपुर उपमहानगर कार्यपालिका सदस्य अमर नेपाली‘माईकल’ले आफ्नो बैठक भत्ता सामाजिक काममा लगाएका छन् । उनले आफ्नो बैठक भत्ता तुलसीपुर उपमहानगरपालिका वडा नंबर ६ को लौनिगनार टोल बिकास सस्थाको नाला निर्माण कार्यमा खर्चिएका हुन् । आर्थिक अभाबमा पूर्णता पाउँन नसकेको उक्त नाला निर्माणका लागि माईकलले १४ हजार चार पाँचसय बराबरको २० बोरा सिमेन्ट उपलब्ध गराएका हुन् ।

एक पटक बसेको बैठकको भत्ता १२ सय हुने भन्दै उक्त भत्ता आफुले बिकास निर्माणमा लगाएको बताए । रकम अभाबकै कारण कुनै पनि बिकास निर्माणका कार्यहरु अपूरो हुन नहुँने भन्दै उनले नाला निर्माणलाई पूर्णता दिन आर्थिक सहयोग गरेको बताए । उक्त नाला निर्माणका लागि तुलसीपुर उपमहानगरपालिकाकाले एक लाख रुपैयाँ छुट्याएको थियो । उक्त सामाग्रीहरु खरिद गरिएको बिल बिहिबार टोल बिकास समितिका अध्यक्ष गोबद्र्धन बिक र निर्माण समितिका अध्यक्ष ओजकुमार बिकलगायत निर्माण समितिका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको थियो ।

 

((

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्