‘रुद्र प्रिया’को आधा बजेट एउटा गीतमा खर्च



असार ९

यस वर्षको कात्तिकमा ठूला नेपाली फिल्म एकआपसमा भिड्दै छन् । कात्तिक १ गते रमेश उप्रेतीको निर्माण र अभिनय रहेको फिल्म ुऐश्वर्यु, कात्तिक २ गते रेखा थापा र आर्यन सिग्देल अभिनित फिल्म ुरुद्र प्रियाु र कात्तिक ३ गते अनमोल केसी स्टारर फिल्म ुकृु । एकदिनको अन्तरमा तीन ठूला फिल्म रिलिज हुन लागेका कारण पनि यस वर्षको कात्तिकलाई नेपाली फिल्मको सबैभन्दा ठूलो भिडन्तको रुपमा हरिएको छ । हाल ऐश्वर्यको डविङ चलिरहेको छ भने ुरुद्र प्रियाु र ुकृुको छायांकन भैरहेको छ ।

आज हामी कुरा गर्दैछौं रेखा थापा र आर्यन सिग्देल अभिनित फिल्म ुरुद्र प्रियाुको । यो फिल्मको अहिले बन्दीपुरमा छायांकन भैरहेको छ । बन्दीपुरमा नै महंगो सेट लगाएर ुरुद्र प्रियाुको एक गीत खिच्ने काम भैरहेको रेखाले बताइन् । ुफिल्मीखबर डटकमुसँग कुराकानी गर्दै उनले भनिन्, ुकरीब १५ दिन त सेट तयार पार्न नै लाग्यो । ५ दिनदेखि अहिले गीत खिचिरहेका छौं । सय जनाभन्दा बढी कोरस छन् । आज र भोलीसम्ममा गीतको सुटिङ सक्ने लक्ष्य छ ।ु

rudra priya (1)उनले ुरुद्र प्रियाुको आधा बजेट नै एक गीतमा खर्च गरेको बताइन् । उनका अनुसार, यो गीत खिच्नका लागि ३० लाखको आसपासमा बजेट छुट्याइएको छ । गीत खिच्न तयार पारिएको सेट बत्ति नै बत्तिले सजाइएको छ । राजनराज सिवाकोटीको संगीत रहेको गीतमा रेखा र आर्यन सिग्देल फिचरिङ छन् । कोरियोग्राफी प्रविण सिंहको छ । ुकत्ति राम्री क्या राम्रीु बोलको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ । rudra priya (2)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्