घोराही –मुर्कटी सडकमा धुलो नियन्त्रण कहिले ?



सैघाली खबर

दाङ,१३ वैशाख । बंगलाचुली गाउँपालिका स्थानीयहरुले घोराही मुर्कटी सडक खण्डमा उत्पन्न भएको धुलो नियन्त्रणका लागि जोडदार माग गरेका छन् । उनिहरुले घोराही सीमेन्टउद्योगका चुनढुङ्गा बोक्ने ट्रिपहरुले उत्पन्न गरेको धुलोका कारण मानव स्वाथ्यमा गम्भिर सम्मया उत्पन्न भएको भन्दै धुलो तत्काल नियन्त्रण गर्नु पर्ने माग राखेका हुन् ।

सिमेन्ट उद्योगको चुनढुङ्गा बोक्ने ट्रिपरहरुले उडाएको धुलोका कारण आफूहरु खान, बस्न र हिडडुल गर्न समेत नसक्ने अवस्था आएको भन्दै आन्दोलीत बनेका छन् । साथै बंगलाचुली गाउँपालिकाले समेत उद्योगलाई धुलो नियन्त्रणका लागि खवरदारी गर्दै आएको छ । गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीले घोराही मुर्कटु सडक खण्डमा उत्पन्न भएको धुलोको निर्घकालीन रोकथामका लागि सबैपक्षले ध्यान दिनुपर्ने बताउनु भएको छ ।

यसैविच बंगलाचुली गाउँपालिकाका स्थानीयले धुलो नियन्त्रण नहुँदा सम्म उद्योगको चुनढुङ्गा बोक्ने सवारी आवागमनमा समेत रोक लगाउने भन्दै सडकमा आएका थिए । तर समस्यालाई सहज बाटोबाट समाधान गर्न भन्दै आज विहिवार जिल्ला प्रहरी कार्यालय घोराहीमा प्रहरी प्रमुख दुर्गा सिह ठकुरी ,बंगालाचुली गाउँपालिका जनप्रतिनिधी,घोराही सिमेन्ट उद्योग, ट्रिपर व्यवसायी समिति , र आन्दोलीत स्थानीयहरुको विचमा छलफल समेत भएको छ ।

सो छलफलबाट आन्दोलीत स्थानीयवासीले उठाएको मागको सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी सहीत सम्बन्धीत सरोकारवाला पक्षहरुको विचमा वैशाख २२ गते शनिवारका दिन बंगलाचुली गाउँपालिकामा छलफल गर्ने सहमति भएको छ । भने अहिले धुलो उत्पन्न भएको सडकमा पानी चारेर टिप्पर संचालन गर्ने सहमति भएको छ ।

नेपालको सविधान २०७२ मा,‘(१)प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ । (२) वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।’ भनिएता पनि अहिले घोराही मुर्कुटी सडक खण्डमा यात्रा गर्ने यात्रु र सो ठाउँमा बसोवास गर्ने जनताले त्यसको कुनै महसुस समेत गर्न पाएका छैनन् ।

बंगलाचुली गाउँपालिका का प्रत्यक स्थानीय प्रत्येक सास सास र गाँस गाँसमा धुलोका भक्कनाहरु निलेर बाँच्न बाध्य भएका छन् । दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ३ र ४ मा घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा उत्खनन क्षेत्र रहेको छ । सो चुनढुङ्गा ओसार्न दैनिक घोराही मुर्कटी सडक खण्डमा करिव दुईसय ट्रिप्परहरु संचालनमा रहेका छन् । त्यी ट्रिप्परहरुले उडाउने धुलोको छायाँमुनी बस्न वाध्य भएका छन् त्यस क्षेत्रका स्थानीय सयौं जनता ।

तर घोराही मिसन्ट उद्योगले जनताको स्वाथ्यलाई कुनै पनि हिसावले ख्याल नगरेको घोराही मुर्कटी सडक खण्डका आसपासमा बसोवास गर्दै आएका जनताले गुनासो छ ।

उनिहरुका अनुसार अहिले सडकमा पैदल ओहोर दोहोर गर्न निकै कठिन भएको छ । भने स्कुले वालवालीकाहरुलाई सो वाटो भएर हिड्न निकै सास्ती भएको छ । धुलोका कारण वनजंगल पुरै सेताम्य भएको छ । भने रुख विरुवाको पातसमेत देखिदैन । जसका कारण गाईवस्तुलाई घाँस खुवाउन समेत समस्या भएको छ । भन्सामा धुलै धुलो छ अनि सुत्ने विस्तारामा समेत धुलोका कणहरुले भरिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्