मुख्य समाचार

चौतारीले एक दिने अदालती रिपोर्टिङ तालिम सञ्चालन गर्ने

By थाहा अनलाइन

April 26, 2018

सैघाली खबर दाङ,१३ बैशाख

प्रेस चौतारी नेपाल दाङ शाखाले एक दिने अदालती रिपोर्टिङ सम्बन्धी पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । दाङ देउखुरी जिल्ला अदालत र जिल्ला न्यायधीबक्ताको कार्यालयको सहयोगमा एक दिने तालिम सञ्चालन गर्ने निर्णय भएको हो ।

प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष जेएन सागरको अध्यक्षता तथा प्रेस चौतारी नेपालका उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता एवं प्रचार विभाग प्रमुख शरद अधिकारीको विशिष्ट आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकले टीका बस्नेत, दुर्गालाल केसी, संगीत बस्याल, राधा पौडेल, प्रबल रेग्मी र रञ्जिता शर्मालाई सल्लाहकारमा चयन गरेको छ । यस्तै किरण गौतमलाई घोराही, ओपेन्द्र बस्नेतलाई तुलसीपुर, शिबु खनाल लमहीको संयोजक तोकीएको छ । जिल्लाका सबै स्थानीय तहमा चौतारीलाई क्रियासिल बनाउनका लागि संयोजक तोकीएको हो ।

यस्तै बालकृष्ण पाण्डेलाई बबई, दिप्तीशिखा चौधरीलाई दंगीशरण, माधव कडेललाई शान्तिनगर, मञ्जु रोका मगरलाई राजपुर, भानु जोशीलाई राप्ती, पुरन चौधरीलाई गढवा र शिब घर्ती मगरलाई बंगलाचुलीको संयोजक तोकीएको छ । यस्तै अध्यक्ष जेएन सागर अध्यक्ष रहेको सात सदस्यीय सचिबालय गठन गरिएको छ । यस्तै बैठकले प्रेस चौतारी र प्रेस सेन्टरबीत विगतदेखि भइरहेको सहकार्यलाई निरन्तरता दिने निर्णय गरेको सचिव प्रेमबहादुर राम्जाले जानकारी दिनुभएको छ ।