मुख्य समाचार

उमहाविर पुन तुलसीपुर आउने

By थाहा अनलाइन

April 26, 2018

सैघाली खबर दाङ,१३ बैशाख

तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा हुन लागिरहेको स्मार्ट हेल्थ सम्वन्धि कार्यक्रममा म्यागासेस पुरस्कार प्राप्त आविष्कारक महाविर पुन आउने भएका छन् । तुलसीपुर उपमहानगरपालिकाले यसै आर्थिक वर्षबाट आरम्भ गर्न लागेको स्मार्ट हेल्थ कार्यक्रमको सहजीकरण गर्नका लागि पुन आउन लागेको प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिएका छन् ।

न्यु आइटि भेन्चरसँगको सहकार्यमा तुलसीपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्नका लागि सम्झौता समेत भइसकेको नगरप्रमुख घनश्याम पाण्डेले वताए । उनले सोही संस्थाकै सहयोगमा कार्यक्रम हुन लागेको समेत वताए । “नेपालमै पहिलो पटक तुलसीपुरमा इ गभर्नेन्सको सुरुवात गर्नका लागि आविष्कार केन्द्रसँग केही सम्झौता समेत गरिनेछ ” नगरप्रमुख पाण्डेले भने । दुई दिन सम्म सञ्चालन हुने कार्यक्रममा पुनले पछिल्लो समय सुरुवात गरेको आविष्कार केन्द्रका वारेमा पनि छलफल हुने वताइएको छ ।