k|b]z g+ $ sf] oxL df3 @@ ut] x'g] klxnf] k|b]z;ef a}7snfO{ nlIft ub}{ tof/ ul/Psf] a}7s ejg . tl:j/M jf;'b]j kf}8]n, kf]v/f, /f;;

प्रदेश ४

चार नम्बर प्रदेशका सांसदहरुले मागे विकास खर्च ५० लाख

By थाहा अनलाइन

April 27, 2018

पोखरा/ आर्थिक वर्षको बाँकी अवधिकालागि प्रदेश सरकारले ल्याउने बजेटबारे छलफलका क्रममा बिहीबार सांसदहरुले ५० लाखसम्म बाँड्न पाउनुपर्ने माग गरेका छन् । यसअघिको केन्द्रीय संसदमा सांसद विकास कोष गठन गरी सांसदहरुले विकास खर्च गरेजस्तै आफूहरुले पनि त्यस्तै शीर्षकमा बजेट पाउनुपर्ने माग प्रदेश सभाका सांसदहरुले गरेका हुन् ।

यसअघिको केन्द्रीय संसदमा सांसद विकास कोष गठन गरी सांसदहरुले विकास खर्च गरेजस्तै आफूहरुले पनि त्यस्तो शीर्षकमा बजेट पाउनुपर्ने माग यहाँको प्रदेश सभामा उठेको छ । यो खबर आजको अन्नपूर्णपोस्टमा छापिएको छ ।

प्रतिपक्षी कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीलेभने, ‘केन्द्रकै जस्तो सांसद विकास कोष राख्नुहुन्छ या के नाम राख्नुहुन्छ राख्नोस, ‘तर सांसदले विकास गर्न पाउने व्यवस्था होस्, अहिले जनताले प्रदेश सांसदसँग आशा राखेका छन्’ ।

महिला तथा बालबालिका मन्त्रीसमेत रहिसकेकी प्रदेश सांसद आशा कोइराला खनालले प्रदेश सांसदको अस्तित्वकालागि पनि निर्वाचन क्षेत्र विकास कार्यक्रम चाहिने विचार राखिन् ।

खनालले सांसद मार्फत बजेट जाँदा प्रदेशको सबै निर्वाचन क्षेत्रमा समान विकास हुने बताइन् । सांसद रामजी बरालले घाइते, अपांग र वेपत्ताका परिवार केन्द्रित भएर बजेट ल्याउन सुझाब दिए । धनञ्जय दवाडीले पर्यटन केन्द्रित हुने बजेटको सिद्धान्तको प्रशंसा गरे । ‘पर्यटनबाटै रोजागरी सिर्जना हुन्छ, गरिबी निवारणमा योगदान पुग्छ’, उनले भने ।