दैलेख,नौमुले
आफुलाई कुनै जानकारी नदिई अध्यक्ष र कर्मचारीले एकलौटी तरिकाले कर्मचारी नियुक्ती लगाएतका काम गरेको भन्दै नौमुले गाउँपालिकाकी उपाध्यक्ष अमृता सिहंले विहीवार आफ्नै गाउँपालिका कार्यालयमा ताला लगाइदिएकी छिन् ।
उनले भनिन ‘मैले भनेको कुरा सुनुवाइ नै नहुने, अनि मैले जनतालाई के जवाफ दिने ?’, उनले आक्रोशित हुँदै प्रश्न गरिन्, ‘जनतासँग वाचा खाएर भोट लिएको छु, जे गर्न पनि तयार छु । उनको ’गाउँपालिकामा कर्मचारीतन्त्र हावी भएकाले जनप्रतिनिधीहरु ओझेलमा परेको गुनासो छ । राजश्व परामर्श समिती संयोजक समेत रहेकी उपाध्यक्ष सिहंले गाउपालिकाको राजश्ववारे जानकारी लिन खोज्दा अध्यक्षको निर्देशनमा कर्मचारीले नदिएको दुखेसो पोखिन् ।
विहिवार विहान साढे १० वजेतिर उनले गाउँपालिका कार्यालयमा पुगी अध्यक्ष भदे वुढा र प्रमुख प्रशासकिय अधिकृत सन्तोष ढुंगानाको कार्यकक्षमा ताला लगाएकी थिईन् । उनले अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला लगाउदा कार्यालयमा सेवा लिन आएका सर्वसाधारणहरु दिउसो १ वजेसम्म सेवा पाउनवाट वन्चित भएका थिए ।
उपाध्यक्ष सिंहले आफ्नो माग पुरा नभएसम्म ताला नखोल्ने अडान लिएपछि ईलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी टोलीले वलपुर्वक कार्यकक्षको ताला खोलेको थियो । माग पुरा नहुदै ताला खोलिएकोप्रति आक्रोशित उपाध्यक्ष सिहंले शुक्रवार पुन ताला लगाउने धम्की दिएकी छिन् ।
नौमुले गाउपालिकाका अध्यक्षले उपाध्यक्षको माग जायज भएपनि आफुहरुले एकलौटी रुपमा कुनै पनि कार्य नगरी छलफल र सरसल्लाहमा गर्ने गरेको दावी गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।