पालमुनि ट्राफिक प्रहरी



गिरिराज नेपाली
दाङ , १४ वैशाख । दिनभर सडकको डियूटी , साँझ पालमुनिको कटेरोको बाँस ट्राफिक प्रहरीहरुको दैनिकी नै हो । जाँडोमा शित , गर्मीमा घाम र वर्खामा चुहिने पानी, यस्तै छ , जिल्ला ट्राफिक कार्यालय दाङको कहानी ! कार्यालय संगै पर्याप्त संरचना नहुदा कार्यरत कर्मचारीहरु पालमुनि बाँस बस्नुपर्ने वाध्यता छ । २०४६ सालमा स्थापना भएको जिल्ला ट्राफिक कार्यालय दाङ संरचना निर्माणमा प्राथामिकता पाउन नसक्दा अझै कटेरो, पाल र झुप्रीमै सिमित रहेको छ । जसका कारण जिल्लाको ट्राफिक प्रहरीहरु असुरक्षित रुपमा बसोबास गरीरहनु परेका छ । भने जिल्लाको ट्राफिक कार्य सम्पादनमा समेत प्रभावित भएको पाईन्छ ।


दिनभर धुलोधुँवा र गर्मी खादै सडकमा डियूटी गर्नुपर्छ । बेलुका कटेरोमा आई सुत्नुपर्छ । गर्मीमा घाम हुन्छ , जाडोमा शित चुन्छ , वर्खामा पानी चुहिन्छ । पाल टाल्दै –टाल्दै बसेको छौं , यो वाध्यता कस्ले बुझिदिने जिल्ला ट्राफिक कार्यालय दाङका हवलदार टेक बहादुर कुसारीले बताउनुभयो । ‘रहर भनौ वा वाध्यता जे भए पनि बस्नै प¥यो । ’ – उहाँले बताउनुभयो । कार्यालयमा भौतिक संरचना नहुदा पालमुनिको कटेरोमा सकसको दिन गुजार्नु परिरहेका उहाँको भनाई छ । जाडो मास शीत र वर्खामा पानीले सताउछ । गर्मीमा त्यस्तै किराकाटीको मात्रै डर लाग्छ । अरु त्यस्तै जसोतसो चलिरहेको उहाँले भन्नुभयो ।

संरचना अभावका कारण ट्राफिक कार्य सम्पादन निकै चुनौतीपूर्ण रहेको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख ओमप्रकाश वाग्लेले भनाई छ । भौतिक अभावका कारण सवै कर्मचारी नीजि कोठा लिइबस्ने , रातको समयमा धेरै कर्मचारी कार्यालयमा बस्न नसक्ने स्थिति रहेका उहाँले बताउनुभयो । जसका कारण सेवा र शुल्कमा ट्राफिक प्रहरी मारमा रहेको उहाँको भनाई छ । प्रमुख वाग्लेका अनुसार जिल्ला ट्राफिकको दुई कोठ व्यारेक, दुई कोठे प्रशासनिक कक्ष वाहेक अन्य सवै कटेरो र छाप्रोकै भरमा चलिरहेको उहाँले बताउनुभयो । भवन अभाव हुदा पालमुनिको कटेरोमा आफुहरु बस्न वाध्य भएको उहाँले बताउनुभयो ।


उहाँले भन्नुभयो – ‘ सवै कर्मचारी भाडाँ तिरेर बस्छौ । ’ कार्यालय प्रमुखको मात्रै मासिक ८ हजार रुपैयाँ कोठा भाडाँमा मात्रै खर्च हुनु गरेको उहाँले जानकारी दिनुभयो । द्वन्दले ध्वस्त भएका संरचना पुनः निर्माण र संरचना निर्माणमा जिल्ला ट्राफिक कार्यालय दाङले प्राथामिकता पाउन नसक्दा ट्राफिक प्रहरीहरु पालमुनि बस्नुपर्ने वाध्य भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘ संरचना अभावका कारण खाने , सुत्ने र पकाउने सवै कटेरो बेरेका छौं । ’ दुई वटा भवन देखाउने मात्रै भएका छन । ’ जसका कारण ट्राफिक प्रहरी निकै सकस खेपिरहेका उहाँको भनाई छ ।

संरचना अभावका कारण कार्यालयमा भित्रने सेवालिन आउने सेवाग्राहीहरुका लागि स्थानीयहरुको सहयोग र ट्राफिक जवानहरुको सहयोगमा दुई लाख बराबरको प्रतिक्षालय निर्माण गरीएको उहाँले ट्राफिक प्रमुख वाग्लेले जानकारी दिनुभयो ।

 

 

प्रहरी चौकी तथा अस्थाई प्रहरी पोष्टहरुमा कार्यरत ट्राफिक प्रहरीहरु नेपाल प्रहरी मातहतमा व्यवस्थापन गरिएको छ । तर ट्राफिक प्रहरीलाई छुट्टै संरचना व्यवस्थापन गरी गर्न सके अझै सेवामा चुस्तता र तिव्रता हुन सक्छ । त्यसमा पनि संरचना र व्यवस्थापनकै अभाव देखिने गरेको उहाँले बताउनुभयो ।

साधनस्रोतको चरम अभाव

जिल्ला ट्राफिक कार्यालय दाङमा भौतिक सरचनाको मात्रै अभाव होइन , साधनस्रोतको पनि पनि चरम अभाव छ । साधनस्रोतहरु पर्याप्त नहुदा ट्राफिक प्रहरी हतियार बिना मैदान योद्धमा उत्रिएको योद्धा जस्तो बन्नुपर्ने वाध्यता रहेको गुनासो छ । जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख ओमप्रकाश वाग्लेले भन्नुभयो – ‘ मापासे चेकजाँच गर्न गयो मुख सिङ्नु पर्छ । ’ त्यो रहर होईन वाध्यता हो । मापासे चेकजाँच गर्ने ब्रेथलाईजर मेशिन एउटै छ । त्यसले चारैतिर पुग्दैनन ।

तुलसीपुर , लमही भालुवाङ , विजौरी , नारायणपुर लगाएतका ठाउँमा स्रोतसाधन विना नै चेकजाँच गर्नुपर्ने वाध्यता छ । उहाँका अनुसार ट्राफिक प्रहरीका लागि आवश्यक पर्ने म्याजिक लाईट, ट्राफिक कोण, फ्लोरेन्स ज्याकेट, पानी वुट र रेङ्कोण अभाव रहेको जानकारी दिनुभयो ।

 

जसका कारण ट्राफिक प्रहरीहरुलाई निकै अप्ठ्यारो रहेको वाग्ले बताउनुभयो । साधन स्रोत अभावका वावजुत पनि ट्राफिक प्रहरी सकसकै नागरिक सेवामा रहेको उहाँले बताउनुभयो । साधन अभाव सवैभन्दा वढि चुनौतीपूर्ण बनेको उहाँले बताउनुभयो ।

भवनका लागि १ करोड ६०

जिल्ला ट्राफिक कार्यालय दाङको भवन निर्माणका लागि एक करोड ६० लाख ५७ हजार सात सय ७० रुपैयाँ रकम विनियोजित भएको जिल्ला ट्राफिक कार्यालय दाङमा प्रमुख ओम प्रकाश वाग्लेले जानकारी दिनुभयो । निर्माण लागि सवै आवश्यक प्रक्रिया सवै पुरा भइसकेकाले केही दिनमै भवन निर्माण शुरु हुने उहाँले जानकारी दिनुभयो । कार्यालय प्रमुखको आवास, भान्सा , शौचालय तीन तले पक्की भवन निर्माण हुने उहाँले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्