शुरु भयो उत्तर र दक्षिण कोरियाबीचको शिखर वार्ता



उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच हुने भनिएको वार्ता सुरु भएको छ । एक दशकभन्दा बढी समयपछि दुई देशबीच पहिलो शिखर वार्ता सुरु भएको हो ।

दक्षिण कोरियाली राष्ट्रपति मुनले बैठक शुरू हुनुअघि दुई देशबीचको नाकामा स्थानीय समय अनुसार बिहान साढे ९ बजे किमलाई स्वागत गर्न पुगेका थिए ।

दुवै नेतालाई परम्परागत कोरियाली सम्मान गारद दिइएको थियो भने दुई देशको राष्ट्रियगान बजाइएको थियो । बीबीसीले दिएको जानकारी अनुसार नेता किमलाई दक्षिण कोरियाली राष्ट्रपति मुनले स्वागत गरेका थिए ।

बैठकमा कोरियाली प्रायद्वीपमा पारमाणविक अस्त्रको भविष्य र दुई कोरियाबीचको युद्धको औपचारिक घोषणा र अन्य महत्वपूर्ण विषयमा ऐतिहासिक निर्णय लिइने अनुमान गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्