सुधा मा.वि.मा ५० प्रतिशत शुल्क खारेज



जंग बहादुर रेउले,
घोराही, १४ बैशाख । नेकपा निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले सामुदायिक विद्यालयमा ५० प्रतिशत शुल्क घटाएको छ । क्रान्तिकारीले सामुदायिक विद्यालयको भर्ना शुल्क खारेज अभियान अन्तर्गत दाङको बंगलाचुली गाउँपालिका वडा नं. ५ पर्ने सुधा मा.वि. झेल्नेटामा ५० प्रतिशत शुल्क घटाएको होे ।
नयाँ वर्ष सुरु भएलगतै सामुदायिक विद्यालयहरुले विभिन्न बहानामा भर्ना अभियानलाई आफु खुसी निर्णय गरी गरिएको शुल्क वृद्धिले सर्वसाधारण जनताको ढाड सकेको भन्दैे भर्ना शुल्कलाई समायोजन गरेको अखिल क्रान्तिकारीले जानकारी दिएको छ ।

शुक्रबार भर्ना विषयलाई लिएर सुधा मा.वि.को प्रशासन, शिक्षक, वडा अध्यक्ष, विद्यार्थी संगठनका पधाधिकारी, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु र अभिभावको संयुक्त छलफल गरी विद्यालय भर्ना वापत लिएको शुल्कलाई आधा कम गर्ने सहमति भएको हो । उक्त छलफलमा सहिद परिवार, गरिब परिवार ,एकल महिलाका वालवालिकाहरुलाई पढ्नबाट बञ्चित भएका वालवालिकालाई निःशुल्क भर्ना गर्ने समेत सहमति भएको अखिल क्रान्तिकारी दाङका विशेष संयोजक सुशिल परिवारले जानकारी दिएका हुन् ।

विद्यालयमा विद्यार्थीहरुलाई पढाउँनको लागि ५ जना शिक्षक निजी स्रोतमा रहेका छन् । र, उक्त निजी स्रोतका शिक्षकलाई तलव खुवानलाई आयस्रोत न्यन रहेका विद्यालय प्रशासनले जानकारी दिएको छ । निजी स्रोतका शिक्षकलाई तलवमा सहयोग तथा विद्यार्थीलाई कम्प्युटर ज्ञान, आधुनिक शिक्षाको व्यवस्थापन गर्नको लागि भर्ना शुल्क उठाएको विद्यालय प्रशासनको भनाई रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्