सैघाली खबर
दाङ, १४ वैशाख । दाङ निर्माण व्यवसायीका निवर्तमान महासचिव विकास पुनले तेरौटेस्थित बृद्धाआश्रम खाद्यान्न सहयोग गर्नुभएको छ । असहाय र बेसाहाराहरुको सेवा नै मानविय धर्म रहेकाले भन्ने उद्देश्यका साथ सहयोग वितरण गरिएको हो ।
युवा व्यवसायी विकास पुनको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता एवं बृद्धाआश्रम व्यवस्थापक हिरा शाहको विशिष्ट आतिथ्यतामा वितरण गरिएको हो ।
सहयोग वितरण सामाजमा अति विपन्न , बेसाहाराहरु अझै आहारा बिना बाँचिरहेकाले बेसाहाराहरुको साहाराका लागि यस्ता सहयोगी हातहरुका सहयोग अझै खुलाउदै जानुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘ पुनको सहयोग समाजले अझै खोजिरहेको छ । ’ बेसाहाराहरुको साहारा बन्दै अघि वढ्नुपर्नै उ उहाँको सुझाव थियो । कार्यक्रम समापन गर्दै सहयोगदाता एंव कार्यक्रमका अध्यक्ष विकास पुनले समाजमा रहेका बेसाहाराको साहारा र सेवा गर्ने उद्देश्यले सहयोगी हात अघि बढाईरहेको उहाँले बताउनुभयो ।
पुनले आफ्नो अबको बाटो भनेको सामाजिक सेवा नै रहेका उहाँको भनाई छ । आफुले सक्ने सहयोग जति सामाजिक कार्यमा खर्च गर्ने विपन्न , बेसाहाराहरु सेवा उहाँको भनाई छ । कार्यक्रमको सहजीकरण पत्रकार बिष्णु कुमार देवकोटाले गर्नुभएको थियो ।
पुनले ७५ केजी चामल , ५० केजी आलु , फलफुल , ग्याँस चुलो , जारको पानी , चिनि , नुन , तेल र साबुन लगायतका अन्य दैनिक उपभोग्य वस्तुहरुको सहयोग गर्नुभएको थियो ।
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।