व्यस्त बन्दै चर्चित गायिका एवम ‘स्टेज क्विन’ भूमिका गिरी



असार ९
झट्ट हेर्दां सानो कदकी फुच्ची केटी तर स्टेजमा प्रस्तुति दिन थालेपछि,गीत गाउन नाँच्न थालेपछि दर्शकको हुटिङ र तालीको बर्सा गराउन माहीर छिन उनी । प्रस्तुति हेर्दै जाँदा उनी गायिका कम मोडल र डान्सर बढी जस्तो लाग्छिन् । यती भन्दा भन्दै पनि उनको गायकीलाई कम आंकलन गरियो भने उनीप्रति अन्याय नै हुनजान्छ । उनी हुन् छोटो समयमा नै आफ्ना ८ वटा एकल एल्वम दर्शक(स्रोतामाझ ल्याउन सफल भएकी गायिका मोडल एवम ‘स्टेज क्विन’ भूमिका गिरी ।गायिका गिरी पछिल्लो समय निकै नै व्यस्त बन्दै गएकी छिन् ।

girii1111111111

भूमिकाले ‘लौका चाख्ने मौका देउ’, ‘तिउन मिठो बनायो चुकैले ’, ‘आयो नेपाली गीत गाउने आयो’,‘ तीज ले गरायो’,‘ नरिसाउन कान्छू’,‘खुर्सानी झै पिरो’ र सातो पुत्लो गयो’ र ‘गोरखपुरको सलाई’ लगायत ८ वटा दमदार एल्वम निकालेर नेपाली दर्शक स्रोताको मन जित्न सफल भएकी छिन् ।

दाङमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउदै आएकी उनी अहिले गीत संगीतको क्षेत्रमा व्यस्त छिन र आफ्नो शरिरमा रगतको एकथोपा रहेसम्म गीतसंगीतमै लाग्ने प्रण गर्दछिन् । पछिल्लो समय ‘गोरखपुरको सलाइ’ नामक एल्वम सार्वजनिक गरे पश्चात उनी तीज गीतको लागि व्यस्त भएकी छिन् । तीज आउन केही महिना बाकी रहदैमा उनको व्यस्तता बढेको हो । तीजको गीत नै किन गाउनुपर्छ भन्ने सोच राख्नुभयो भन्ने प्रश्नको जवाफमा भूमिका भन्छिन, ‘तीज नेपाली नारीहरुको महान चाड हो , हामी नेपाली सबै जातजाती र धर्मावलम्वीहरुको संस्कृतिको सम्मान गर्दछौं , त्यसमा पनि तीजको गीत गाउनु भनेको त सबै नेपाली नारीहरुप्रति सम्मान हो जस्तो लाग्छ मलाई ।’

 

giri333333333अहिले उनी तीज गीतकै रेकर्डिङ लगायतका काम मा ब्यस्त छिन् ।गायिका भूमिकालाई प्रेम के हो तपाइँलाई कतिको प्रेम प्रस्ताव आउने गरेका छन् भन्ने प्रश्न गर्दा उनी भन्छिन, ‘प्रेम एक अनुभूति हो अनि यो बिश्वास पनि ।’ उनी आफूलाई धेरै प्रेम प्रस्ताब आउने गरेको तर आफुले वास्ता नगरेको बताउछिन् । माया सबैलाई गर्न सकिन्छ तर प्रेम एकजनासँग मात्र गर्ने हो भन्दै उनी भन्छिन ‘सवैको प्रस्ताव स्विकार गर्छु तर, प्रेमीकाको रुपमा हैन एउटा गायिका र दर्शक स्रोताको सम्वन्धमा रुपमा मात्र ।’ दर्शक स्रोताको मायाले नै आफू यस स्थानमा अगाडि बढेको र अझै अघि बढ्ने बताउछिन उनी ।यसरी हेर्दा सानी देखिएपनि लोकसंगीतमा उनले आफ्नो उचाई निकै अग्लो बनाइसकेकी छिन् ।

girii2222222222

त्यसैकारण उनी दिनदिनै व्यस्त पनि बन्दै गएकी छिन् । दर्शक स्रोतालाई भगवान मान्दै उनी भन्छिन् , ‘दर्शक स्रोता मेरा भगवान हुनुहुन्छ उहाँहरुलाई अगाडी पाएपछि मेरो गायकीमा झन् उर्जा थपिन्छ र मलाई भिन्न किसीमको जोश जाँगर पलाउछ । मेरो जीवनमा सवै थोक नै मेरा दर्शक स्रोताको माया हो । ’सबैको लोकप्रिय अनि चर्चित बन्दै गएकी गायिका भूमिका नेपाली लोक संगीतको एउटा चम्किलो तारा बन्न सकुन हाम्रो तर्फबाट पनि हार्दिक शुभकामना ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्