कर्मचारीलाई लालबाबुको कडा निर्देशन



सैघाली खबर,
बैशाख १४ बुटवल । संघीय मामिला तथा सामन्य प्रशाशन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीहरुलाई जागिर छोडेर घर जान निर्देशन दिएका छन् ।

लुम्बिनी प्रेस क्लव भैरहवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा आयोजनाको गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले सरकारले खटाएको ठाउँमा जानै पर्ने बताए । कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाउँमा पनि जान्छु भनेर सपथ खाएको भन्दै निजी जीवन बिताउन जागिर छाड्नुपर्ने बताए ।

‘राष्ट्रसेवक कर्मचारी भए सरकारले खटाएको ठाउँमा जानु पर्दछ होइन भने जागिर छाडेर निजी जीवन बिताए हुन्छ,’ उनले भने, ‘कुुनैपनि कर्मचारी सरकारले खटाएको ठाउँमा जानै पर्छ ।’ सरकारले कर्मचारी समायोजनको कामलाई प्रभावकारी ढङगले अगाडि बढाएको उनले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्