समाचार

प्रदेश सांसद वलीले बहिरा विद्यार्थीसँगव जन्मदिन मनाए

By थाहा अनलाइन

April 27, 2018

सैघाली खबर दाङ, १४ बैशाख

प्रदेश ५ का सांसद उत्तरकुमार वलीले आफ्नो ३५ जन्मदिनको अवसरमा बहिरा बालबालिकालाई कापी कलम बितरण गर्नुभएको छ । उहाँले आज राप्ती बहिरा संघले तुलसीपुरमा संचालन गरेको होस्टेलमा पुगेर ४१ जना बहिरा बालबालिकालाई कापी र कलम हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै सांसद वलीले जन्म दिनमा हुने खर्च जोगाएर सकारात्मक सन्देशका लागि आफूले बहिरा बालबालिकालाई स्टेसनरी सामान दिएको बताउनुभयो । बहिरा बालबालिका आवासका लागि होस्टेल निर्माण गर्न आफूले प्रदेश सभामा पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । राप्ती बहिरा संघका निर्देशक प्रतिमा शर्माले सांसदले जन्मदिन बहिरा बालबालिकासँग मनाएकोमा खुसी व्यक्त गर्दै होस्टेल निर्माणकालागि पहल गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सुरेस रावतले गर्नुभएको थियो ।