फोहोर व्यवस्थापन तथा सरसफाइ सम्वन्धी अभिमुखीकरण कार्यक्रम सुरु



 

सैघाली खबर
दाङ, १४ बैशाख
स्वच्छ नेपालको आयोजना तथा घोराही उप महानगरपालिका वडा नं १५ को सहयोगमा फोहोर व्यवस्थापन तथा सरसफाइ सम्वन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरीएको छ ।अभिमुखीकरण कार्यक्रम दुइ दिन सम्म सञ्चालन हुने भएको छ । कार्यक्रममा वडा नं १५ मा रहेका विभिन्न टोल विकास संस्थाका प्रमुख तथा प्रनिनिधिहरुको सहभागिता रहेको छ ।

उद्घाटन कार्यक्रममा वोल्दै वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेले सरसफाइ अभियान अभियानमा सवैको सहयोग हुनु पर्ने बताए । सरसफाइको अभियान व्यक्ति व्यक्तिवाट सुरु गरीनु पर्ने उनको भनाइ रहेको छ । फोहोर व्यवस्थापनमा सानो काम गर्न सकेमा पनि स्वस्थ नगरपालिका निर्माण गर्न सकिने उनको भनाइ रहेको छ ।

सरसफाइलाई व्यक्तिको पहिचानसंग जोडेर अगाडि वढाउनु पर्ने पाण्डेले बताए । वडा नं १४ का अध्यक्ष तथा उप महानगरपालिका वातावरण तथा विपद् व्यवस्थापनका संयोजक शक्तिराम डाँगीले खुल्ला दिशा मुक्त अभियान जस्तै पुर्ण सरसफाईको अभियानलाई पनि अगाडि लैजानु पर्ने बताए । यसका लागि उप महानगरपालिकाले योजना निर्माण गरेर अगाडि वढने बताए । घोराही खानेपानी उपभोक्ता संस्थाका सदस्य धर्मेन्द्र श्रेष्ठले सरसफाइ अभियानलाइ सवैको सहकार्यवाट अगाडि वढाएमा सफल वनाउन सकिने बताए । कार्यक्रम स्वच्छ नेपालका अध्यक्ष शुसिला पौडेलको अध्यक्षतामा भएको थियो ।

वडा सदस्य कृष्णा रानाको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण स्वच्छ नेपालका सचिव विन्दु कुवरले गरेकी थिइन । अभिमुखीकरणको सहजिकर्ता घोराही उप महानगरपालिकाका वातावरण शाखा अधिकृत सुवोध रेग्मी र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका संस्थापक अध्यक्ष श्रीमन न्यौपानेले रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्