संसद अधिवेशन बैशाख २३ मा आह्वान गर्न सिफारिस गर्ने सरकारको निर्णय



सैघाली खबर
काठमाडौं, १४ बैशाख

सरकारले संघीय संसदको अधिवेशन बैशाख २३ गते आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज विहान बसेको बैठकले बैशाख २३ गते आइतबार अपरान्ह ४ बजे संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

आगामी जेठ १५ गते बजेट ल्याईसक्नुपर्ने संवैधानिक व्यवस्थाका बीच २३ गतेबाटै अबिधेशन सुरु गर्ने सरकारको तयारी छ । बैठकले भारत सरकारको सहयोगमा वीरगञ्जमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकीको भन्सार क्षेत्र निर्धारण सम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । यस्तै, आन्तरिक शान्ति र सुुव्यवस्था सम्बन्धी विधेयक तर्जुमा गर्न गृहमन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले जानकारी दिनुभयो । यस्तै सरकारले सहन्यायाधिवक्ता रमादेवी पराजुलीलाई रिक्त रहेको बैदेशिक रोजगार न्यायाधीकरणको सदस्य पदमा तोक्ने निर्णय गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्