प्रदेश ५

प्रधानमन्त्री ओलीले ५ नम्बर प्रदेशसभालाई सम्बोधन गर्ने

By थाहा अनलाइन

April 27, 2018

सैघाली खबर काठमाडौं, १४ बैशाख

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ नम्बर प्रदेशसभालाई सम्बोधन गर्नुहुने भएको छ । प्रदेशसभा सचिवालयले एक सुचना टाँस गर्दै पर्सि आईतबार ९ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उल्लेख गरेको हो । सचिवालयले बैठकमा अनिवार्य उपस्थित हुन सबै सदस्यलाई आग्रह समेत गरेको छ । प्रदेशसभा बैठक यसअघि बैशाख २१ गतेका लागि बोलाईएको भएपनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएपछि पर्सिका लागि सारिएको संसद सचिवालयका सचिव मानबहादुर वीकेले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली २५ सय ६२ औं बुद्ध जयन्तीका अवसरमा भोली लुम्बिनी जाँदै हुनुहुन्छ ।