शुल्क वृद्धि नगर्न विद्यालयलाई शिक्षा मन्त्रीको निर्देशन



सैघाली खबर
काठमाडौं, १४ बैशाख

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिनुभएको छ । आज भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विद्यालयले मनोमानी रुपमा शुल्क असुलेको गुनासो बढेको बताउँदै बढी शुल्क नअसुल्न विद्यालयलाई निर्देशन दिनुभएको हो ।

विद्यालय शुल्क तत्काल अनुगमन गरेर शुल्क नियन्त्रण गर्न स्थानीय तहलाई उहाँले आग्रह गर्नुभयो । उहाँले शुल्क वृद्धि नियन्त्रण नगर्ने विद्यालयलाई कारबाही गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो । पत्रकारहरुसंग कुरा गर्दै उहाँले विशिष्ट व्यक्तिको आवागमनका क्रममा विद्यार्थीलाई स्वागतका लागि लामबद्ध नराख्न विद्यालयलाई निर्देशन दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्