खेलकुद

एभीसी भलिबलमा नेपाल चौंथोमा सीमित

By थाहा अनलाइन

April 27, 2018

सैघाली खबर काठमाडौं, १४ बैशाख

बंगलादेशमा जारी चौंथो एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपमा नेपाल चौंथो स्थानमा सीमित भएको छ । मीरपुरस्थित सोहिद सुवाहार्दी ईन्डोर स्टेडियममा नेपाल किर्गीस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाल २५–२०, २५–२२, २५–२० को सेटमा पराजित भएको हो । नेपाली टोली भोलि स्वदेश फर्कनेछ ।