मुख्य समाचार

दाङ महिला जेसिजले असहाय बालबालिकाहरुलाई सहयोग प्रदान

By थाहा अनलाइन

April 27, 2018

सैघाली खबर दाङ, १४ बैशाख दाङ महिला जेसिजले आफनो सप्ताहब्यापी कार्यक्रम अन्र्तगत आज असहाय बालबालिकाहरुलाई सहयोग गरेको छ । दाङ महिला जेसिजका अध्यक्ष डोमा पाण्डेयको अध्यक्षता तथा राष्ट्रिय मानबअधिकार रक्षक संजालका जिल्ला अध्यक्ष शुष्मा गिरिको प्रमुख आतिथ्य एंव असहाय बालबिकास नेपालका कोषाध्यक्ष सिमा वलीको विशिष्ट आतिथ्यमा तुलसीपुर उपमहानगरपालिका बिजौरीमा रहेका असहाय बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गरिएको छ ।

दाङ महिला जोसिजका कोषाध्यक्ष जिबा भुषालको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय मानबअधिकार रक्षक संजालका जिल्ला अध्यक्ष शुष्मा गिरिले समाजमा गरिने यस्ता खालका सेवाले मानब धर्म अझैपनि जिवित छ भन्ने उदाहरण दिने गरेको बताउनुभयो भने अध्यारोमा रहेका ब्यक्तिहरुलाई उज्यालो प्रदान गर्नसक्नु नै ठुलो सेवा तथा सहयोग रहेको बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि असहाय बालबिकास नेपालका कोषाध्यक्ष सिमा वलीले सरकारले गर्ने कार्यमा विभिन्न संघ संस्थाहरुले पनि यसरी सहयोग गर्दा समाज रुपान्तरण तथा परिबर्तनमा अझ सहज हुने बताउनुभयो । दाङ महिला जेसिजका तालिम निर्देशक मंगला राणाले आस्थापाठ गराउनुभयको कार्यक्रमको सहजीकरण महासचिब ममता बिष्टले गर्नुभएको थियो ।