युवाहरुलाई लक्षित गर्दै सेसा नेपालको सहयोगमा आजदेखी च्याउ खेतिको तालिम सुरु



सैघाली खबर
दाङ, १४ बैशाख

युवाहरुलाई ब्यावसायिक रुपमा उत्पादनशिल बनाउन च्याउ खेति तालिम भन्ने नाराका साथ सिसा नेपाल दाङले आजदेखी काडाखुटीमा च्याउ खेती तालिम शुरु गरेको छ । सिसा नेपाल दाङका अध्यक्ष साजिदा सिद्धिकीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १ का महिला सदस्य जिबा सुनारको प्रमुख आतिथ्यमा च्याउ खेति तालिमको उद्धघाटन गरिएको हो ।

सर्यु युवा क्लबका अध्यक्ष श्रबण कुमार खनालको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा सदस्य जिबा सुनारले युवाहरुलाई स्वरोजगार बनाउनका लागी सिस नेपालले गरेको यो प्रयास अत्यन्त सराहनिय रहेको बताउनुभयो साथै यसरी दिईने तालिमहरुले युवा बिदेश पलायनको समस्यामा पनि केहि कमी आउने विश्वास ब्यक्त गर्नुभयो । यसैगरी कार्यक्रममा बोल्दै सिसा नेपालका अध्यक्ष साजिदा सिद्धिकीले युवाहरुलाई स्वरोजगार बनाउन सके देशको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने बताउनुभयो ।

सिसा नेपालले आयोजना गरेको २दिने च्याउ खेति तालिममा वडा नम्बर १ र २का गरी २६जना युवाहरुको सहभागिता रहेको छ भने उक्त तालिमको प्रशिक्षकमा च्याउ ब्यावसायी सिजाराम बाढामगर रहनुभयको छ । उक्त उद्धघाटन सत्र कार्यक्रमको सहजीकरण सिसा नेपालका कार्यक्रम संयोजक कृष्ण प्रसाद चौधर ीले गर्नुभएको थियो । सिसा नेपालको युवा तथा बालबालिका शसक्तिकरण कार्यक्रम अन्तर्गत नै युवाहरुलाई लक्षित गरेरे च्याउ खेति तालिमको आयोजना गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्