तुलसीपुरमा मेट्रो कलेजको कार्यालय स्थापना हुने



सैघाली खबर
दाङ ,१४ बैशाख

तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न थालेको मेट्रो कलेजका लागि कार्यालय स्थापना हुने भएको छ । उपमहानगरपालिकाले प्राविधिक तथा सीपमुलक विषय अध्यापन गराउनका लागि वडा नम्वर १२ को हरिपौरीमा मेट्रो कलेज स्थापना गर्न लागेको हो । शुक्रवार नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले मेट्रो कलेजको विस्तृत अध्ययन गरेर तत्काल काम अगाडि वढाउने समेत निर्णय गरेको प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिएका छन् । वैठकमा वोल्दै नगरप्रमुख घनश्याम पाण्डेले विभिन्न विश्वविद्यालयसँग सम्वन्धनका लागि कुराकानी भएको भन्दै तत्कालका लागि कुनै एक संकायको छनोट गरेर कलेज सञ्चालन गरिने पनि वताए ।

उनले कलेजले स्नातक तहमा प्राविधिक विषय मात्रै अध्यापन गराउने पनि वताए । उपप्रमुख माया आचार्यले तत्कालका लागि कृषि विषय अध्यापन गराएर अगाडि वढ्नुपर्ने सुझाव दिइन् । वडा नम्वर १२ का वडाध्यक्ष श्याम डाँगीले अतिक्रमित जग्गाका वारेमा उपमहानगरपालिकाले निर्णय गर्नुपर्ने कुरामा जोड दिए । उनले मेट्रो कलेजका लागि वडा सम्पूर् ण जिम्मेवारी लिन तयार रहेको समेत वताए । कलेजका सदस्य भागवत पौडेलले असारसम्ममा सामान्य संरचना निर्माण गरेर भएपनि यस शैक्षिक सत्रबाट अध्यापन कार्य आरम्भ गर्नुपर्नेमा जोड दिए ।

तुलसी स्कुलका प्रिन्सिपल एवम् कलेजका अर्का सदस्य भिष्म केसीले विद्यालयले गुणस्तरियतामा जोड दिनुपर्ने कुरा उल्लेख गर्दै धेरै विषय भन्दा पनि एकै विषयमा केन्द्रीत हुनुपर्ने धारणा राखे । ज्ञानज्योति कलेजका प्रिन्सिपल एवम् कलेजका सदस्य टिकावहादुर जिसीले तत्कालका लागि मात्रै भन्दा पनि दीर्घकालिन योजनका साथमा लाग्नुपर्ने कुरामा जोड दिए । वैठकमा तुलसीपुर शिक्षा महाशाखा प्रमुख भाष्करराज गौतम, हरिपौरी माविका प्रधानाध्यापक रुद्र डाँगी लगायतले विद्यालय तत्काल सञ्चालनको लागि पहल गर्नुपर्ने वताए । वैठकले अतिक्रमित जग्गाको व्यवस्थापन मिलाउनका लागि वडाध्यक्ष श्याम डाँगीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । समितिका सदस्यहरुमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु रेग्मी र प्रधानाध्यापक रुद्र डाँगी रहेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्