तस्बिरमा गाउँ खोज्दै लेखराज



दीपक बोहरा

दाङ १४ बैशाख । हरेक ब्यक्तिको क्षमता फरक–फरक हुन्छ । यस्तै फरक क्षमता प्रस्तुत गरेका छन्, तुलसीपुर उपमहानगरपालिका ११ नवलपुरका लेखराज गिरी । उनले हातले बिभिन्न बिषयबस्तुसंग सम्बन्धित चित्रहरु उतारेका छन् ।

जुन चित्रहरु हेर्दा नलोभिने बिरलै होलान् । उनले हातले उत्तारेका चित्रहरुलाई प्रचार प्रसारगर्ने कुनै माध्यम नभएपछि उनको क्षमता प्रष्फुटन हुन सकेको थिएन् । जब तुलसीपुरमा शुक्रबार मात्रै उनले बनाएका चित्रहरुको प्रदर्शन गरियो , तब उनले बनाएका चित्रहरु अबलोकन हेर्नेहरुको घुईचो थियो । उनले उतारेका शान्तिका अग्रदुत गौतमबुद्ध देखि बिश्वकै अग्लो हिमाल सगरमाथाका चित्रहरु देख्दा उनको तारिफ गर्नेहरु थुप्रै थिए । रिपोर्टस् क्लबको हलको भित्ताभरि टाँगिएका चित्रहरु हेरेर भाबुकहुनेहरु पनि धेरै थिए । उनले भाबुक हुने खालका चित्रहरु पनि उत्तारेका छन् । ति चित्रहरुको मूल्य तीन हजार पाँच सय देखि ३५ हजारसम्म तोकिएको छ । तर उनले बनाएका चित्रहरु अमुल्य रहेको तर्क पनि गरियो ।

चित्र अबलोकन गर्नेहरुले उनको प्रतिभालाई पैसा संग दाँज्न नुहँने भन्दै उनको प्रतिभा अमूल्य रहेको प्रतिक्रिया दिए । उनले काठमडौमा दुईबर्ष तालिम लिएपछि हातले चित्रहरु बनाउन सक्ने भए । हातले चित्र बनाउन थालेको मात्रै ७÷८ बर्ष भएको उनले बताए । तर प्रचारप्रसारको अभाबका कारण आफ्नो कला बाहिर ल्याउन नसकिएको उनले बताए ।‘मैले अहिले पनि काठमाण्डौंमा चित्र बनाउने कार्य गरिरहेको छु, त्यसैले उत्ता केही मान्छेले चिन्छन’ उनले भने‘ तर म दाङकै भएपनि दाङकै लागि अपरिचित छु ।’

उनको यो कलालाई प्रचारप्रसार गर्न सकिए समग्र दाङको नाम बिश्वमै परिचित गर्न मद्धत पुग्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।‘दाङमा पनि यस्ता कला भएका मान्छेहरु हुनुहुन्छ’ उनले भने‘ यो कलालाई प्रचारप्रसार गर्न सक्यौ भने दाङको नाम बिश्वमै चिनाउन सकिन्छ ।’ उनका ती चित्रहरुको प्रदर्शन तुलसीपुरमा पाँच दिन सम्म प्रदर्शन गरिने छ । गिरीले निर्माण गरेका दृष्य चित्र, ड्रेस पेन्टिङ, स्केज, चारकोटललगायतका ४८ प्रकारका पेन्टिङको चित्रकला पर्दशन गरिने छ । मल्टिपल मिडिया प्रालिको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा १४ देखी १८ गते सम्म चित्रहरु प्रदर्शनी गरिने छ ।

उनले करिब ६० प्रकारका ईनामेल प्रयोग गरेर चित्रहरु कोर्ने गर्छन् । यसैबीच शुक्रबार एक कार्यक्रमकाबीच लेखराज गिरीले निर्माण गरेका चित्रहरुको प्रदर्शनीको उद्घाटन गरिएको छ । मल्टिपल मिडिया प्रालिका अध्यक्ष संगीत बस्यालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण मल्टिपल मिडिया प्रालिद्धारा सञ्चालित राप्ती समाचार राष्ट्रिय दैनिकका सम्पादक बसन्तविवस आचार्यले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्