ओझेलमा गुफा



 

 

दिपक बोहरा,

दाङ १४ बैशाख । तुलसीपुरको परिचित नाम हो, साततले । तुलसीपुर उपमहानगरपालिका वडा नंबर ३ मा रहेको साततले गुफाको नामले साततले ठाउँ परिचित छ । तर साततलेको परिचय दिने गुफा भने गुमनाम छ । तुलसीपुर बजार देखि नजिकै पर्ने उक्त गुफा प्रचारप्रसार र संरक्षणको अभाबमा ओझेलमा परेको छ । राप्ती राजमार्गदेखि दुई सय मिटर उत्तर पर्ने उक्त गुफाको बाहिर पुग्दा सानो झरना देखिन्छ । त्यही झरणा देख्दा नै गुफा हेर्न पुग्नेहरु लोभिन्छन् ।

त्यसमा पनि भित्र भएका दुई वटा पोखरी । तिनै पोखरीमा रहेको स्वच्छ,पानी । पोखरीमा पौडिरहेका माछा । सात तला भएको गुफा भित्रको यीनै दृष्यले त्यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउछ । गुफा भित्र बाजा जस्तो बज्ने ढुंगा छ भने हात्तिको सुड, चिल, तामाका गाग्रीको मुखजस्ता ढुंगाबाट बनेका आकृति देख्न सकिन्छ । गुफा भित्र बाह्रै महिना पानीको थोपाहरु झरिरहन्छन्, जसले गर्दा बाह्रैमहिना कुवाको स्वच्छ पानीको अबलोकन गर्न सकिन्छ । गुफा सुन्दर भएपनि प्रचारप्रसार र संरक्षणको अभाबमा ओझेलमा परेको छ ।

गुफाको प्रचारप्रसार गर्न सकेमा बाह्य पर्यटक पनि भित्र्याउन सकिने स्थानीय कलिभान रोकाले बताए । ‘गुफा पर्यटकको मन लोभ्याउने खालको छ’ उनले भने‘त्यसको प्रचारप्रसार गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन सकिन्छ ।’ अहिले मन्दिरको बिकासका लागि स्थानीयहरुले सातवटा मन्दिर निर्माण गर्न लागेका छन् । कुनै पनि निकायले मन्दिरको बिकास तथा संरक्षणमा चाँसो नदेखाएपछि स्थानीयको श्रमदान तथा आर्थिक सहयोगमा मन्दिर निर्माण गर्न लागिएको रोकाले बताए ।गुफामा मन्दिर निर्माण भएपनि पर्यटकहरु बढ्ने उनले बताए ।

साथै अब स्थानीय सरकार तथा सम्पूर्ण सरोकारवाला पक्षले उक्त गुफा प्रचारप्रसारका तथा संरक्षणका लागि पहल थाल्नुपर्ने बताए । त्यहाँको गुफालाई प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन सकियो भने तुलसीपुरलाई नै समृद्ध बनाउन मद्धत पुग्ने उनले बताए । अहिले दैनिक ५०÷५० जनाले गुफाको अबलोकन गरिरहेको उनले बताए । ‘अहिले दैनिक ५० जनाजतिले अबलोकन गर्ने गरेका छन्’ उनले भने‘ पर्यटकको संख्यालाई बढाउन सक्यौ भने आम्दानी पनि बढ्छ र तुलसीपुरलाई समृद्ध बनाउन मद्धत पुग्छ ।’

 

उक्त गुफाको संरक्षण, पर्बद्धन र प्रचारप्रसारका लागि जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता समेत गरिएको छ । स्थानीय राजेन्द्र वलीको अध्यक्षतामा मन्दिर ब्यबस्थापन समिति निर्माण गरि भखरै मात्रै जिल्ला प्रशासनमा दर्ता गरिएको स्थानीय कलिभान रोकाले बताए । अब पूर्बाधार निर्माण मुख्य आबश्यक रहेको रोकाले बताए । उनका अनुासर भ¥याङ, पिक्निक स्पोर्टलगातका पूर्बाधार निर्माण आबश्यक छ ।

त्यसका लागि स्थानीय सरकारले समेत बिशेष पहल थाल्नु पर्ने उनको भनाई थियो । पुर्खाहरुका अनुसार त्यहाँ धेरै पहिले गाउँमा विवहा, भोजभतेर हुँदा त्यहाँ गुफाबाट आबश्यक भाँडाकुल लिन सापटी लिन सकिन्थ्यो । भोजभतेर सकिएपछि पुनः भाँडाकुडा त्यही गुफामा छोड्ने गरिन्थ्यो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्