भेषभुषा प्रर्दशनी



९ असार , दाङ । मौलिक भेषभुषा र भाषा संस्कृति प्रर्वद्धन र चिनारीका लागि शुक्रवार घोराहीमा भेषभुषा प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ ।gurukul 1 गुरुकुल ईन्टरनेशनल एकेडमी घोराहीले विद्यार्थी वालवालिकाहरुमा मौलिक कला संस्कृति भाषाशैली , मौलिक रहन–सहन र चालचलन विकास र संरक्षणका लागि विभिन्न जातजातीका जातिय पोशाक सहितका भेषभुषा प्रर्दशनी गरिएको थियो । गुरुकुल एकेडेमी घोराहीका प्रिन्सीपल टिकाजंग विकको अध्यक्ष्ता तथा एकेडेमीका कार्यकारी अधिकृत अनन्तराज घिमिरेको प्रमुख आतिथ्यता एंव नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको विशष्टि आतिथ्यताका कार्यक्रम कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ३ वर्ष मुनिका विद्यार्थी वालवालिका देखी कक्षा ८ सम्मका विद्यार्थी आफ्ना जातिय पोशाक सहित भेषभुषा प्रर्दशनी गरेका थिए । भने अन्य आगन्तुक भेषभुषा पनि प्रर्दशनी गरिएका थिए । कार्यक्रममा वोल्दै प्रमुख अतिथि घिमिरेले गुरुकुल संस्कृति संरक्षण संगै वालावालिकाहरु नैतिकवान शिक्षा दिदै आईरहेकाले वालवालिकाहरुको नयाँ शिक्षा , सामाजिक ज्ञान , सगै सामाजिक मूल्य मान्यता शिक्षा दिदै आईरहेको चर्चा गरेका थिए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले गुरुकुल शैक्षिक थलो मात्रै मौलिक कला संस्कृति संरक्षण र शिर्जनशिलताको थलोको रुपमा परिचित रहेको वताए । शिक्षाको दियो संगै वालवालिकाहरुका संस्कारीक र चरित्रवान समेत वनाउन अग्रिणाी भुमिका खेलेको वताएका थिए । विद्यालयका शिक्षक मुकुन्द गिरीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सतिष सुवेदीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्