कञ्चनपुरमा भारतीय प्रहरी आतंक, हात्ती रोक्न लगाइएको तारबार नेपालमै आएर उखेलेर फालिदियो



कञ्चनपुरको पुनर्वास नगरपालिका–९ मा जङ्गली जनावरको आतंकबाट बच्न लगाएको तारबार भारतीय सिमासुरक्षा बल (एसएसबीले)उखेलेर फालिदिएपछि सो क्षत्रमा तनाव बढेको छ ।

भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावर नियन्त्रण गर्न विद्युतीय तारबार लगाउन खोज्दा भारतीय पक्षले अवरोध गरेको आजको अन्नपूर्ण पोष्टमा खबर छापिएको छ ।

पुनर्वास नगरपालिका ९ का वडाअध्यक्ष नारायण प्रसाद जैशीले भने,‘ वर्षेनी जङ्गली जनावरले दिँदै आएको दुःख रोक्नका लागि तारबार लगाउन लागेका थियौं’ । ‘हतियार सहित भारतीय एसएसबी आएर तारबार निकालेर फालिदियो’ नेपाल–भारत सीमा पिल्लर १९१ देखि १९४ सम्म नेपाली पक्षले आफ्नै भू–भागमा लगाउन खोजेको तारबार भारतीय सुरक्षा बलले उखेलेर फलिदिएको हो । २९ सय मिटरसम्म तारबार लगाइसकेपछि बाँकी भू–भागमा लगाउन लागेका बेला एसएसबीले अबरोध गरेको हो ।

स्थानीयले ८८ हजार रकम उठाएर तारबार लगाउन थालेका हुन् । तारबार लगाउनु अघि दुवैपक्षबीच सहमति भएर काम अघि बढेपनि सिमामा विबाद छ भन्दै अन्तिममा आएर एसएसबीले अवरोध गरेको हो ।

भारतीय प्रधानमन्त्रीले २ सातापछि गर्न नेपाल भ्रमणमा सीमामा भारतीय पक्षबाट हुने गरेको ज्यादतीका विषयमा गम्भिर रुपमा वार्ता हुनुपर्ने स्थानीयको माग छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमा क्षेत्रमा भारतीय पक्षबाट भएको ज्यादतीका बारेमा भारतीय अधिकारीहरुसँग छलफल भएको र एसएसबीले हिजो गरेको गल्तिको माफि मागेको जानकारी आएको सीडीओ खड्काले भने,‘ अब स्थानीयस्तरमा दुवैपक्षको वार्तामा तत्काल विवाद अघि बढ्न नदिने सहमति भएको छ’।

बषैंदेखी हात्तीले खेतीबालीमा लगाएको अन्न नष्ट गर्नुका साथै स्थानीयका घर समेत भत्काउने गरेको नेपालीले आफ्नै भूमीमा तारबार लगाउन लागेका हुन् । हात्तीको आक्रमणबाट उक्त क्षेत्रमा अहिलेसम्म ३ जना नेपालीले ज्यान गुमाइसकेका छन् । पुनर्वास क्षेत्रमा विगत लामो समयदेखि प्यारातालको विवादपनि कायमै रहेको छ ।

भारतीयले प्याराताल आफ्नो भूमिमा पर्ने भन्दै कब्जा गरेको छ । त्यस्तै सीमा क्षेत्रका अधिकाशं खेतीयोग्य जमिन समेत भारतीयले उपभोग गर्दै आइरहेका छन् ।

गतवर्ष पुनर्वास नगरपालिका ८ मै बाटोमा निर्माण गर्ने विषयमा विवाद हुँदा गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोली लागेर मारिएका थिए । उक्त घट्नापछिपनि बारम्बार सीमा क्षेत्रमा भारतीय पक्षबाट ज्यादती हुदै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्