प्रदेश ३

बाहिरी शक्तिको दबाबका कारण प्रचण्डले एमालेसित एकता गर्न नमानेको उनकै नेताको खुलासा

By थाहा अनलाइन

April 28, 2018

माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले अध्यक्ष प्रचण्डका कारण एमालेसँगको एकता लम्बिएको टिप्पणी गरेका छन्।

विहीबार चिनियाँ राजदूतसँग मन्त्रालयमा भेट गर्दै बस्नेतले एकता बाड्न अध्यक्ष प्रचण्डलाई केही शक्तिले प्रभावमा पारेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। उनले आफूहरुले त्यसो हुन नदिने प्रतिबद्धता चिनियाँ राजदूतसामु व्यक्त गरेका थिए। स्रोतका अनुसार चिनियाँ राजदूतले एकता किन ढिलाई भयो भनी चासो व्यक्त गरेपछि बस्नेतले प्रचण्डको आलोचना गर्दै जवाफ सुनाएका हुन्।

यसअघि प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण एमालेसँगको पार्टी एकीकरण प्रक्रिया अवरुद्ध हुन पुगेको बताएका थिए। उनले एमालेसँग पार्टी एकताको प्रक्रियालाई विलम्ब गर्न पचास प्रतिशतको कुरा उठाएको भन्दै अध्यक्षको आलोचना गरेका थिए।

श्रेष्ठ र बस्नेत चीनका खास मान्छे भनेर चिनिन्छ। दुबैले एमालेसँग एकताका लागि पार्टीभित्र जोडदार आवाज उठाउँदै आएका छन्।

नेता श्रेष्ठले पनि मंगलबार चिनियाँ राजदूत यू होङसँगको भेटमै एमाले–माओवादीबीचको पार्टी एकीकरण प्रक्रियामा प्रचण्ड बाधक भएर आएको आरोप लगाएका हुन् । श्रेष्ठसँगको भेटमा पनि चिनियाँ राजदूत होङले एमाले–माओवादीबीचको पार्टी एकीकरणमा ढिलाइ भएको भन्दै चिन्ता जनाएकी थिइन् ।

स्रोतका अनुसार चिनियाँ राजदूत होङले एमालेसँग छिटोभन्दा छिटो माओवादीलाई पार्टी एकीकरण गर्न दवाव दिएकी थिइन् ।

माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो व्यक्तिगत स्वार्थतका कारण एमालेसँग ५०–५० प्रतिशतको कुरा उठाएर बखेडा निकालेको नेता श्रेष्ठको भनाइ थियो ।

‘म त एमालेसँग छिटोभन्दा छिटो पार्टी एकीकरण गर्ने पक्षमा छु’, श्रेष्ठलाई उदृत गर्दै स्रोतले भन्यो, ‘प्रचण्ड नै पार्टी एकीकरणमा विलम्ब गर्नुभएको छ । वास्तवमा भन्ने हो भने माओवादीको हैसियत ४०५ को छ । यस्तै हो भने अब मैले कडा रुपमा प्रचण्डलाई दवाव दिन्छु ।’

एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते पार्टी एकीकरण हुने भनिएको थियो। तर, तयारी नपुगेको भन्दै पार्टी एकीकरण प्रक्रिया अवरुद्ध भएको थियो ।janapati