‘शहरमै असुरक्षित घर’



गिरिराज नेपाली
दाङ , १५ वैशाख । भुकम्पीय सुरक्षाका दृष्ट्रिकोणले ग्रामिण क्षेत्रका कच्चीघर भन्दा शहरी क्षेत्रमा पक्कीघरहरु वढि असुरक्षित छन । शहर क्षेत्रमा बन्ने नक्सापास विनाका घरहरु भुकम्पीय सुरक्षाको दृष्ट्रिकोणले असुरक्षित हुने गरेको पाईन्छ । शहरीकरणको बढ्दो विकास संगै देखासिकीमा आधारमा बन्ने संरचना, चेतना अभाव , व्यक्तिगत लापरवाही र परम्परागतवादी चिन्तन (चलिहाल्छ भन्ने सोच) कारण घरनक्सा पास नै नगरी भवन निर्माण गर्नेगर्दा शहरी संरचना गाउँभन्दा वढि असुरक्षित हुने गरेका छन ।

घोराही उपमहानगरपालिकाका इन्जीनियर रामधन श्रेष्ठले बढ्दो शहरीकरणको विकास संगै शहरमा बन्ने घरहरु नक्सापास नै नगरी कतिपय निर्माण हुने गरेकाले गाउँका कच्ची भन्दा शहरका पक्की घरहरु भुकम्पीय सुरक्षाले असुरक्षित हुने बताउनुभयो । देखासिकी र परम्परागत सोचका कारण शहरभित्रै नक्सापास नगरी भवन निर्माण गर्दा यस्तो स्थिती देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ अझै २० प्रतिशतले नक्सापास नै नगरी घर निर्माण गर्दछ । ’ जसका कारण शहरका घरहरु असुरक्षित र भुकम्पको जोखिममा रहेका उहाँका भनाई छ । नयाँ बन्ने भवनहरु मध्ये २० प्रतिशतले नक्सापास विना नै भवन निर्माण गर्ने गरेका उहाँको भनाई छ ।

तीन वर्ष अघि आएको विनाशकारी महाभुकम्पले गाउँमा भन्दा वढि शहरमा मानविय क्षति गरेको थियो । जसको कारण अव्यव्यवस्थीत रुपमा संरचना रहेका पाईन्छ । दाङमा पनि वर्षेनी बढ्दै गइरहेको संरचना निर्माणले शहरी क्षेत्र साँधुरो र अस्तव्यीत बन्दै गइरहेकाले सुरक्षित तरिकाले सावधानी पूर्वक अनुमति प्राप्त गरी संरचना निर्माण गनुपर्र्ने ईन्जीनियर श्रेष्ठ बताउनुभयो । व्यक्तिगत लापरवाहीका कारा भवन आचारसंहिता नै पालन नगरी भवन निर्माण गर्दा यस्तो जोखिमको समस्या उहाँको भनाई छ ।

२०६९ साल साउन १ गते लागु भएको भवन आचारसंहिता अनुसार हाल सम्ममा घोराही उपमहानगरपालिका भित्रमा ९ सय ६२ वटा मात्रै निर्माण भइसकेका जानकारी दिनुभयो । उपमहानगरको कुल जनसख्या १ लाख ५४ हजार र जम्मा घरधुरी करिव ३० हजार रहेको उहाँले जानकारी दिनुभयो । जस मध्ये अधिकाश पुरानै संरचना रहेको उहाँले जानकारी दिनुभयो ।
भुकम्प प्रतिरोधात्मक संरचना निर्माणका लासग उपमहानगरपालिकाले हाल प्रत्यक्ष करिव ४ सय जनशक्ति (डकर्मी) उत्पादन गरीसकेको उहाँले जानकारी दिनुभयो । दक्ष जनशक्तिवाट सुरक्षित संरचना निर्माण गर्ने उद्देश्य उक्त जनशक्ति उत्पादन गरिएको उहाँले बताउनुभयो ।

साँविका गाँउ विकास समितिमा रहेका पक्कीघरहरुको अभिलेख मार्फत दर्तागरी रहे पनि ति घरहरु पनि नक्सापास विना नै बनेकाले त्यसको अभिलेख संकलन शुरु गरेका उहाँले जानकारी दिनुभयो । नक्सापास अर्थात भवन निर्माण आचारसंहिता पालाना गर्न सकेमा व्यक्तिले कमाएको सम्पत्तीको सुरक्षा संगै स्वयम् व्यक्ति पनि सुरक्षित रहेन उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘ नक्सापासले आर्थिक सुरक्षा पनि प्रदान गर्छ । ’ जसका लागि व्यक्ति स्वयम् सचेत बन्नुपर्ने उहाँको भनाई छ ।

अधिकाश सरकारी कार्यालय पनि उस्तै
जिल्लाका अधिकाश सरकारी कार्यालयहरु भुकम्प प्रतिरोधात्मक भवनहरु नभएको भवन डिभिजन कार्यालय दाङले जनाएको छ । कार्यालयका प्रमुख राजेन्द्र पाण्डेका अनुसार अधिकाश कार्यालयका संरचनाहरु पुरानो प्रविधिका रहेकाले भुकम्पीय सुरक्षाले सुरक्षित नभएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘ नयाँ निर्माण हुने भवनहरु मत्रै भुकम्पीय सुरक्षाका सुरक्षित छन । तर पुराना संरचनाहरु उस्तै छन । ’ जसका कारण सरकारी कार्यालयहरु पनि असुरक्षित रहेका उहाँको भनाई छ ।

अन्य सरकारी संरचनाहरु मध्ये दाङमा स्वास्थ्य क्षेत्रका संरचनाहरु निर्माण भइरहेकाले दाङका अधिकाश स्वास्थ्य क्षेत्रका भवनहर भुकम्पीय सुरक्षाले सुुरक्षित बन्दै गइरहेको पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ सिडियो कार्यालय पनि पुरानो प्रविधिको सरचना हो । त्यो पनि भुकम्प प्रतिरोधात्मक छैन । ’ विपत कतिवेला आउछ थाहा हुदैन , बेलैमा सवै सजक भए बाँच्न र बचाउन सकिन्छ । ’

जसका कारण नीतिगत रुपमा सकारी कार्यालयहरु पनि सुरक्षित बनाउनु पर्छ । दाङका अधिकाश सरकारी कार्यालय फ्रेम स्टक्चर र लोड बेरिङ प्रविधिका रहेकाले भवन आफैमा असुरक्षित रहेको उहाँको भनाइ छ । जसका कारण सरकारी कार्यालयका पुराना संरचनाहरुलाई विस्थापित गर्दै भुकम्प प्रतिरोधात्मक भवनहरु निर्माण गर्न अति आवश्यक रहेको उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्