फुटसलको उपाधी स्कुल स्पोर्ट्स फुटबल एकाडेमीलाई



लक्ष्मण बस्नेत
दाङ , १५ वैशाख । खुल्ला फुटसल प्रतियोगिताको उपाधी स्कुल स्पोर्ट्स फुटबल एकाडेमी तुलसिपुरले हात पारेको छ ।
तुलसिपुर नगरजेसिजको आयोजनामा संचालित प्रतियोगिताको फाईनमा मदन भण्डारी स्पोर्ट्स एकाडेमी तुलसिपुरलाई ४ का विरुद्ध ८गोलको फराकिलो अन्तरले पराजित गर्दै स्कुल स्पोर्ट्स फुटबल एकाडेमिले उपाधी चुमेको हो ।

उपाधी सगै उसले नगद २० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ १ तुलसिपुर अरनिको मैदानमा सम्पन्न फाईनलमा पराजित मदन भण्डारी स्पोर्ट्स एकाडेमी भने उपविजेतामा चित्तबुझाउन बाध्य भएको छ । उसले नगद १० हजार पुरस्कार राशी हात पार्‍यो । उल्लेख्य दर्शकका बिच भएको शानदार खेलको पहिलो हाफ् २÷२ को बराबरीमा सकिएपनी दोस्रो हाफ् मदनभण्डारी स्पोर्ट्सका लागि फलदाई बन्न सकेन ।

खेलमा स्कुल स्पोर्ट्सका तर्फबाट जर्सी न १३ का अर्जुन नेपालि, जर्सी न १२ का सन्तोष रावतले समान ३र३गोल गरे । त्यस्तै जर्सी न १० का सुरज डाँगीले २ गोल गर्न सफल भए भने मदन भण्डारी स्पोर्ट्सका तर्फ बाट खुम बहादुर वलिले ३ गोल गरेका थिए । वैशाख १३ गते बाट संचालित प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन समारोह तुलसिपुर नगरजेसिजका अध्यक्ष दिपेश भण्डारिको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न ६ का अध्यक्ष नवराज लामिछानेको प्रमुख आतिथ्यमा सम्मपन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्