शान्ति निरकारी मण्डलद्वारा रक्तदान



सैघाली खबर
दाङ , १५ वैशाख । शान्ति निरकारी मण्डलद्वारा शनिबार घोराहीको तेह्रौँटे बृद्धाश्रममा रक्तदान गरिएको छ । शान्ति निरकारी मण्डलको आयोजनामा मानव एकता दिवसको अवसर पारेर रक्तदान गरिएको हो । सो मण्डलसँग आबद्ध र शुभचिन्तकहरु गरी २६ जनाले रक्तदान गरेका थिए ।

सो कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नेपालीले रक्तदान जीवनदान भएको भन्दै सबै परोपकारी संस्थाहरुले यस्ता काम गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपालीले समृद्ध नेपाल निर्माण गर्न सबै संस्था र व्यक्तिहरु आफ्नो स्वार्थभन्दा माथि उठेर लाग्नुपर्ने धारणा राख्नुभयो ।सोही अवसरमा घोराही उपमहानगरपालिका वडा नं। १४ का अध्यक्ष शक्तिराम डाँगी, शान्ति निरकारी मण्डल सेवा दलका केन्द्रीय सदस्य नरबहादुर बटलालगायतले रक्तदान गरेर मानव सेवा गर्नु जीवनको ठूलो धर्म भएको भन्दै कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।

सेवा दलका जिल्ला प्रमुख क्षेत्रबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चाालन राकेस डिसीले गर्नुभएको थियो । सोही अवसरमा सत्संग कार्यक्रम सञ्चालन गर्नुका साथै मण्डलीबारे जानकारी गराइएको थियो । रगत नालीमा हैन नसामा बगा‍औँ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रमलाई निरन्तरता दिने आयोजकले बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्