खरको छाना हटाउदै तुलसीपुर उपमहानगर



सैघाली खबर,
तुलसीपुर १६ बैशाख ।

तुलसीपुर उपमहानगरपालिकाले खरको छानो हटाउन शुरु गरेकोछ । शनिबार तुलसीपुर उपमहानगरपालिकाले वडाा नंबर १ का २० घरपरिवारलाई जस्तापाता वितरण गरेको हो । सुरक्षित आवासका लागि जस्तापाता अभियान अन्र्गत उपमहानगरपालिकाले पहिलो पटक वडा नम्बर १ बाट जस्तापाता विरतरण गर्न सुरु गरेको हो ।

तुलसीपुर उपहानगरपालिका प्रमुख घनश्याम पाण्डे र उपमेयर माया आचार्यसहितको टोलीले जस्तापाता बितरण गरेको हो । खरको छानो भएका गरिब, विपन्न तथा आसाहय परिवारलाई जस्तापाता हस्तान्तरण गरेर अभियानको सुरुवात गरिएको हो ।

त्यस अबशरमा प्रमुख पाण्डेले निर्वाचनको समयमा खरको छानो भएकालाई जस्तापाता दिने आफनो चुनावी प्रतिवद्धता अनुसार ती प्रतिबद्धता पुरा गर्न लागि परेको बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्