नक्कल गरेर क्रान्ति हुन्न : दाहाल



सैघाली खबर,
काठमाडौँ — नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिको नक्कल गरेर नहुने बरु विकास गर्नुपर्ने बताएका छन् । खुमलटारमा शनिबार अपराह्न सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने नेत्रविक्रम चन्द समूहका नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै उनले भने, ‘ हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन । २०र२५ वर्षको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ ।’ उनले माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाउने वातावरण बन्दै गएको दाबी गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि रगत पसिना बगाउने कै नेतृत्वमा कम्युनिष्ट एकता हुनुपर्ने उनको धारणा थियो । उनले भने, ‘जसले बाली लगायो, उसैले थन्काउन पाउने नै वैज्ञानिक कुरा हो ।’ दुईरचार दिन समय लिए पनि एमाले(माओवादी केन्द्रबीचको एकता अन्ततस् भएरै छोड्ने उनको भनाइ थियो ।

शान्ति सम्झौतामा हस्ताक्षर गरेका बेला माओवादी सिंगो पार्टी हुादा नै देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने बिषयमा छलफल भएको अध्यक्ष दाहालले स्मरण गरे ।

नेत्र विक्रम चन्द समूहका सिन्धुपाल्चोक जिल्ला इन्चार्ज चिरन तामाङ र सेक्रेटरी कमल माझीसहित दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्र मा प्रवेश गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्