राजनीति निर्णय विवादले कांग्रेस बैठक लम्बियो



सैघाली खबर,
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक अन्त्यतिर आइपुग्दा संस्थापन पक्ष र पौडेल पक्षबीचको विवाद फेरि चुलिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले बेहोरेको हारको जिम्मा कसले लिने रु भन्ने बारेमा दुवै पक्ष अडानमा रहेका छन् । त्यसैगरी लिखित रुपमा नै बैठकमा प्रवेश गरेको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समिति खारेजको विषय पनि अर्को विवादको विषय बनेको छ ।

सभापति शेरबहादुर देउवा र उनी निकटका केन्द्रीय सदस्यहरु ‘कम्युनिष्ट गठबन्धन’ कारण मात्रै कांग्रेस पराजित भएको उल्लेख गर्न चाहन्छन् भने पौडेल पक्षले सरकारमा हुँदा भएका कमीकमजोरी र सभापतिको अदुरदर्शीताका कारण पराजित भएको कुनै न कुनै रुपमा बैठकको निर्णयमा आउनुपर्ने धारणा राखेका छन् ।

त्यसैले शनिबार बिहान बोलाइएको बैठक निर्णय के गर्ने भन्ने विषयले बेलुकासम्म बस्न नसकेपछि आइतबार बिहान ९ बजेका लागि बोलाइएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार केन्द्रीय समितिको बैठक औपचारिक रुपमा बस्न नसकेपनि अनौपचारिक छलफल जारी रहेको बताए ।

उनले केन्द्रीय समितिको बैठकमा पेस गर्ने प्रतिवेदनका बारेमा शनिबार दिनभर छलफल भएको बताए । संस्थापन पक्ष पौडेल पक्षले भनेका विषय निर्णयमा समावेश गर्न नसकिने अडानमा रहेको छ ।
‘‘संस्थापन पक्षले महासमिति बैठक पछाडि धकेल्न खोजेको छ । त्योबाहेक नेपाली कांग्रेस हार्नुको मुख्य कारण कम्युनिष्ट गठबन्धन मात्रै हो भन्ने देखाउन खोजेको छ । सभापति र नेतृत्वका कमीकमजोरीका बारेमा उल्लेख नै गर्न चाहेको छैन ।

स्रोतका अनुसार संस्थापन पक्षले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले बेहोरेको हारको जिम्मा सभापतिले मात्रै लिन अस्वीकार गरे पछि पौडेल पक्ष असन्तुष्ट बनेको छ । यस्तै पौडेल पक्षले भने अनुसार पार्टीको महासमिति बैठक बोलाउन र केन्द्रीय कार्यसम्पादन समिति तथा संसदीय समिति बिघटन गर्न पनि संस्थापन पक्षले अस्वीकार गरेको छ ।

‘‘चुनावी हारको समीक्षा धेरै लामो समयसम्म गरियो तर उहाँहरु निर्णयमा हारको कारण नै लेख्न चाहनुहुन्न । लेख्ने हो भने वाम गठबन्धन भनेर मात्रै लेख्नुपर्छ भन्नेमा हुनुहुनछ,” पौडेल पक्षीय केन्द्रीय सदस्यले भने, ‘‘हामीले भने अनुसार सभापतिज्यूले हारको जिम्मा लिन नमाने पछि बैठक अनिश्चित भयो ।’’

चैत ९ गतेबाट शुरु भएको चुनावी समीक्षा बैठकमा पौडेल पक्षले निर्वाचनको पराजयको जिम्मा सभापति शेरबहादुर देउवाले लिनुपर्ने, जेठ महिनाभित्रै महासमिति बैठक बोलाउनुपर्ने र विधान विपरित गठन गरिएका कार्यसम्पादन समिति र संसदीय समिति बिघटन गर्नुपर्ने माग जोडतोडका साथ उठाएको थियो ।

संस्थापन पक्षले चुनावी हारका कारणहरु लिखित रुपमा निर्णय गरेर स्वीकार गर्न आनाकानी गरे पछि वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी केन्द्रीय कार्यालयबाट बाहिरिएका थिए । ‘‘

बैठक आइतबार बिहान ९ बजेका लागि बोलाइएको छ । barkahrii

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्