मुख्य समाचार

दाङमा कार र ट्रक ठोक्किदा चार जना घाइते

By थाहा अनलाइन

April 29, 2018

सैघाली खबर, लमही । जिल्लाको लमही नगरपालिका वडा नं। १ सुन्डवरी चोकमा पूर्वबाट पश्चिम तर्फ आइरहेको बा ९ च ५५४३ नम्वरको मारुती कारलाई सोही दिशातर्फ आईरहेको ना ५ ख ४ नम्वरको ट्रकले ठक्कर दिँदा लमही नगरपालिका वडा नं। ५ निवासी २ वर्षिय शरद पुलामी, सोहि ठाउँ निवासी ५८ वर्षिय नारायणप्रसाद शर्मा, २२ वर्षिय नमुना शर्मा, २८ वर्षिया नम्रता शर्मा घाइते हुनुभएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइते सबको लमही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ