शक्ति देखाउने भन्दै दुई झाँक्री कर्णालीमा हाम फालेपछि



सैघाली खबर
काठमाण्डौ १६ बैशाख।
बाजुराको जगन्नाथमा धामीको शक्ति देखाउने भन्दै दुई जना कर्णाली नदीमा हाफ फालेका छन् ।दीमा हाफ फाल्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० अर्जुन रानाभाटले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ६१ वर्षीय मानबहादुर सिंह विष्ट छन् । त्यस्तै, ५३ वर्षीय जयबहादुर विष्ट बेपत्ता छन् ।

उनका अनुसार बगरमा बसेर काम्दै काम्दै दुवै जना नदीमा हाफ फालेको स्थानीयले बताएका छन्।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्