सहमति गर



दाङ,१६ बैशाख कम्युिनष्ट पार्टी स्थापना दिवस अर्थात बैशाख ९ गतेको डेट्लाइनमा पार्टी एकताको घोषणा गर्ने भनिएको बहुचर्चित र बहुप्रतिक्षित एमाले,माओवादी बीचको एकता फेरि एक पटकलाई पर सरेको छ । बैशाख ९ लेनिन जयन्तीको सन्दर्भ पारेर दुबै पार्टीका शिर्ष नेताहरुले संयुतm कार्यक्रमको आयोजना गरी एकता हुने कुरामा कार्यकर्ता र जनतालाई विश्वस्त पादैं पार्टी एकताबाट पछाडि फर्कने कुनै ठाउँ नभएको बताए ।

तर पार्टी एकता पर सदंै जाँदा अनेक प्रश्न उत्पन्न हुनका साथै उत्साहको वातावरण घट्दै जाने कुरा निश्चित छ । दुई पार्टी बीच मिल्न बाँकी २÷३ वटा कुरा मात्र भएपनि सोहि कुराले समय लिइराख्दा देश निर्माणको समग्र अभियानमा असर पार्ने कुरा निश्चित छ । दुई पार्टी बीच एकताको औपचारिक प्रकृया थालनी भएको करिव ८ महिना पुग्न थाल्यो ।

यो बीचमा नेपालको वाम आन्दोलनलाई सफलता मिलेको छ भने करिब दुईतिहाईको स्थायी कम्युनिष्ट सरकार बनेको छ । दुई प्रमुख कम्युनिष्ट पार्टीको गठबन्धन र पार्टी एकता हुने कुराको उत्साहमा सिर्जित यो वाम सफलतासँगै एउटा शतिmशाली कम्युनिष्ट केन्द्र बनाएर देशलाई समृद्धिको नयाँ युगको यात्रातिर लैजाने जिम्मेवारी पनि दुई पार्टीका शिर्षस्थ नेतामा आएको छरु। एउटैं चुनावी घोषणा पत्रबाट चुनावमा विजय हासिल गदैं वैचारिक, सांगठनिक र नीतिगत बिषयमा समेत एकमत भइसकेका दुई पार्टी बीचका मिल्न बाँकी बिषयलाई पनि छिट्टो निष्र्कषमा पु¥याउनुपर्ने दबाब जनस्तरबाट बढ्दै जान थालेको छ । निश्चय पनि लामो पृष्ठभूमिका भिन्न पार्टी बीच एकताको कुरा सामान्य छैन र होइन पनि । चुनावी तालमेल र पार्टी एकता दुई फरक कुरा हुन् ।

 

ठुलो र सानो,जनमत र लोकप्रियता आदि यी चुनावी गठबन्धनका आधार हुन भने तलदेखि माथिसम्मको पार्टी संगठन,जनवर्गीय संगठन, कार्यकर्ताको पंतिm र प्रभाव कम्युनिष्ट पार्टीका एकता आधारका सूचाङ्क हुन् । कम्युनिष्ट पार्टीहरु बीचको एकता कुनै प्रतिशत र संख्याको आधारमा नभई विचार, राजनीति र कार्यक्रमका आधारमा गरिनुपर्छ । देश र जनताको विकास,समृद्धि र नयाँ युगलाई हाँक्ने पार्टी निर्माण गर्ने हो भने कसैलाई ह्यूमिलेट हुने गरी पार्टी एकता गरिनु हुन्न । समान रुपले गरिने एकताबाट मात्रै पार्टी सही रुपमा अघि बढ्न सक्छ । कम्युनिष्ट पार्टी स्थापनाको दिन पार्टी एकता गर्ने पूर्वप्रतिबद्धताबाट २ दल पछि हटे पनि अब यो एकता प्रकृयाबाटपछि हट्ने ठाउँ भने कतैं छैन । पछाडि फर्कर्ने सबै पुल भत्काउदै अघि बढेको कुरा त स्वयं  प्रमुख नेताहरुले बताउदैं आएकाछन् ।

 

अब नमिलेका विषयमा विवाद र छलफल गरेर मात्र समय गुजार्ने अवस्था दुई पार्टीलाई छैन । जति एकतामा ढिलाई हुँदैं जान्छ त्यतिनै असर मुलुक र जनतालाई पर्छ । तसर्थ एकअर्कोलाई विश्वास हुने गरी समान रुपको एकतामा सिङ्गो वामपन्थी कम्युनिष्ट आन्दोलनमा जोड्दै स्थायीत्व र भिजन सहितको समृद्धि र विकास दिन सके यो कम्युनिष्ट एकता र ाष्टूका लागि महान अवसर हुने छ । जनता र देशलाई फाइदा पुग्ने यी अवसरहरुलाई नगुमाउन आइपर्ने हरेक चुनौतीको सामना दुई दल र त्यसका दुई शिर्ष नेताहरुले साहसपूर्वक गरी यो एकतालाई छिट्टै टुङ्याउनु अहिलेको प्रमुख अविभारा बन्न गएको छ । यो कुरालाई हेक्का नराखे सबै किसिमका प्रतिकृयावादी शतिmहरु फुटाउन प्रयत्न गर्ने ठाउँहरु खोज्दै विवाद सिर्जना गर्ने खेललाई बढाउँदंै लैजान सक्नेछन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्