सिँगारियो – लुम्बिनी (फोटो फिचर)



वुटवल १६ वैशाख । कपिलवस्तु — बुद्धजन्मस्थल लुम्बिनी अहिले निकै आकर्षक रुपमा सिँगारिएको छ । २५६२ औं बुद्धजयन्ती मनाउन ठाँउ–ठाँउमा तुल, ब्यानर र रंगीचंगी ध्वजपताका झुण्डयाएर सजाइएको छ । नेपाली र बौद्धमार्गी झण्डा गाडेर बुद्धत्व र नेपालीपन पनि उत्तिकै झल्काइएको छ । करिब डेढ किमि लामो केन्द्रिय नहरको दुवैतिर ध्वजापताका टाँगिएको छ ।

ठाँउ ठाँउमा विश्वशान्ति र धर्मदेशनाको कामना गर्दै मंगल धुन बजाएर वातावरणलाई संगीतमय बनाइएको छ । कार्यक्रमकालागि नवनिर्मित ३ हजारजना अट्ने सभाहल पनि सजाइएको छ । महिना दिनमा ३ करोड ९७ लाख लागतमा सेनाले उक्त हल बनाएको हो ।

‘सबै तयारी पुरा भयो,’ लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय शाक्यपुत्रले भने, ‘भव्य रुपमा जयन्ती मनाएर विश्वलाई नयाँ सन्देश दिन आतुर छौं ।’ बुद्धजयन्ती मनाउन ठाँउ–ठाँउबाट भिक्षु, लामा, उपासक–उपासिका आइसकेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा भव्य समारोह आयोजना गरिएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी ओली पनि सहभागी हुने छन् ।

स्वदेशी विदेशी पर्यटकले लुम्बिनी भरिभराउ बनेको छ । मायादेवी मन्दिर र पुष्करणी पोखरी पनि सरसफाई गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्