प्रियंका, चलचित्र संगै प्रेम सम्बन्धका कारण चर्चामा ।।



प्रियंका काकी मिस टिन २००५ को उपाधि जित्ने सुन्दरि हुन् । उनि अहिले नेपालको सर्वाधिक व्यस्त अभिनेत्रीको सुचिमा पर्छिन्। सानै देखि अभिनय र नृत्यमा रुचि राख्ने प्रियंका मिस टिन भए लगत्तै अमेरिका गईन। त्यहा उनले करिव ६ बर्ष चलचित्र बारेमा नै अध्ययन गरिन्। त्यसपछि प्रियंकाले अमेरिका छाडेर नेपालमा आफ्नो भविष्य खोज्ने निर्णय गरिन्। नेपाल आए लगत्तै उनले ‘मेरो बेष्ट फ्रेन्ड’ चलचित्रमा काम गरिन्। उनको रिलिजको हिसाबले पहिलो चलचित्र ‘थ्री लभर्स’ रहेको थियो।

तर करियरको सुरुवाती दिन उनको लागि सफल हुन सकेनन् । तर उनले हार मानिनन्। निरन्तरको मिहेनत र लगनका कारण उनि अहिले नेपालको सर्वाधिक व्यस्त अभिनेत्रीको सुचिमा आफुलाई राख्न सफल भएकी छिन्। पछिल्लो समय सायद यस्तो दिन होलान् प्रियंका खालि बसेकी छिन्। उनि कहिले चलचित्रको छायाँकनमा व्यस्त हुन्छिन्, कहिले म्युजिक भिडियो त कहिले रियालिटी शोमा। विदेशी कार्यक्रम र भ्रमणमा पनि उनको व्यस्तता उति नै रहेको हुन्छ। हाल पर्दा प्रियंका मय भएका छन्। उनि अभिनित चार चलचित्र ‘शत्रु गते’, ‘लिलिबिली’, ‘कोहलपुर एक्सप्रेस’, र ‘ ह्याप्पी डेज’ रिलिज रहेका छन्। ‘शत्रु गते’ प्रदर्शनका हिसावले सातौ सातामा रहेको छ भने लिलिबिलि तेश्रो सातामा।

 

बैशाख १४ गतेबाट ‘कोहलपुर एक्सप्रेस’ र ‘ ह्याप्पी डेज’ एकसाथ रिलिज भएका छन्। ‘ह्याप्पी डेज’ छायाँकन भएको झन्डै २ बर्ष बित्यो। रिलिजको लागि यहि सहि समय निर्माण टिमले छान्दा प्रियंका मय बैशाख बनेको हो। धेरैले उनलाई पाएको सबै चलचित्र काम गरेको आरोप समेत लगाउने गर्दछन्। तर उनि यो कुरा मान्न भने तयार छैनन्।

 

हाल उनले ‘चङ्गा चेट’, ‘एउटा यस्तो प्रेम कहानी’, नाइँ न भन्नु ल ५ को छायाँकन गरेकी छिन्। पछिल्लो समय प्रियंका चलचित्र संगै आफ्नो प्रेम सम्बन्धका कारण समेत चर्चामा रहने गर्दछिन्। उनि अभिनेता आयुष्मान देशराज जोशीको प्रेममा रहेकी छिन्। दुवैको प्रेम खुल्ला किताव जस्तै रहेको छ। सामाजिक संजाल र मिडियामा दुवैको प्रेम चर्चा निकै हुने गर्दछ। कतिपयले प्रियंकालाई प्रेम सम्बन्धमा बढी जोड दिएको कारण करियर फोकस हुन नसकेको आरोप समेत लगाउने गरेका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्