‘डमरुको डन्डिबियो’ निमार्ण टिमद्धारा ‘ठ्याक लगाउने’ च्यालेन्ज ।।



चलचित्र ‘डमरुको डन्डिबियो’ निमार्ण टिमले शनिबार दिउँसो राजधानीको टुडीखेलमा ‘ठ्याक लगाउने’ च्याल्नेज सम्पन्न गरेको छ। कथावस्तुकै कारण चर्चामा आएको चलचित्र ‘डमरुको डन्डिबियो’ बैशाख २१ गतेबाट रिलिज हुने तयारीमा रहेको छ।

 

पुर्व राष्ट्रिय खेल रहेको ‘डन्डिबियो’ को कथालाई उठान गरेर निर्माण गरिएको चलचित्रमा खगेन्द्र लामिछाने मुख्य भूमिकामा रहेका छन्। उक्त प्रतियोगितामा दर्शकको राम्रो उपस्थिति रहेको थियो।

च्यालेन्जमा सिठ्ठो ठ्याक लगाउनेलाई २५ सय, छैटो ठ्याक लगाउनेलाई १५ सय, पाँचो ठ्याक लगाउनेलाई ५ सय बराबरको फूड तथा कफि कूपन, टिसर्ट, क्याप लगायत पुरस्कार वितरण गरियो ।

 

उक्त प्रतिस्पर्धामा खगेन्द्र लामिछाने, आशान्त शर्मा, लक्ष्मी बर्देवा, निर्माताद्धय नोर्बु छिरिङ घले र विनोद गुरुङ लगायतले प्रतिस्पर्धीसँग ठ्याक लगाएका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्