बंगलाचुली चार गंदारीमा टिकाराम परियारको शोकसभा



सैघाली खबर,
दाङ,१६ बैशाख ।

बंगलाचुली गाउँपालिका वडा नम्वर ४ गंदारी निवासी समाजसेवी एवं नेकपा माओवादी केन्द्रका सक्रिय वडा सदस्य टिकाराम परीयारको १३ दिनको पुण्य तिथिका दिन शोक सभा सम्पन्न गरीएको छ ।

स्वथर्गीय टिकारामका भाई गोपीराम दमाईको अध्यक्षता एवं माओवादी केन्द्रका दाङ संयोजक शुवास पुनको प्रमुख आतिथ्यमा शोक सभा सम्पन्न गरीएको हो । शोक सभामा बोल्दै प्रमुख अतिथी माओवादी केन्द्र दाङका संयोजक शुवास पुनले स्वर्गीय टीकाराम परीयारले पार्टी र सिङ्गो समाजलाई पुराएको योगदानको चर्चा गर्नु भयो ।

उहाँको टीकाराम को निधनले पार्टी र समाजलाई ठुलो क्षेती भएको बताउनु भयो । स्वर्गीय टिकाराम को परिवारलाई पार्टीको तर्फबाट आवश्यक परेको खण्डमा सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनु भयो । माओवादी केन्द्रका संयोजक शुवास पुने भन्नु भयो,‘हाम्रो पार्टीले एउटा असल पार्टी सदस्य गुमाएको छ भने यो समाजले एउटा सच्चा समाजसेवी गुमाएको छ । यसमा हामी अत्यन्त दुखी छौं ।’

यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्वर चारका वडा अध्यक्ष नारायण डाँगीले आफ्नो वडाले एउटा अविभावक गुमाएको भन्दै उहाँको मृत्युले ठुलो क्षेती पुगेको बताउनु भयो । शोअवसरमा वडा नम्वर चारका वडा सदस्य टोमलाल घर्ती,लालबहादुर गीरी,पत्रकार जीवन नेपाली,रवीलाल घर्ती,युवराज कवर,शोभाराम परीयार,थम्मन परीयार,खुमान घर्ती लगाएतले शोक मन्तव्य राख्नु भएको थियो ।

बंगलाचुली गाउँपालीका वडा नम्वर चार गंदारी निवासी टिकाराम परियारको बैशाख ३ गते राती डिड्ने क्रममा भिरबाट लडेर ज्यान गएको थियो ।

२०२३ सालमा जम्मनु भएका परियारले स्थानीय स्थरमा समाजसेवीको रुपमा राम्रो छाप छोड्नु भएको स्थानीयको भनाई छ । शोक सभाको सहजीकरण सागर घर्तीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्