आन्तरीक राजश्व कार्यालय राप्तीद्धारा नौ महिनामा १२ लाख राजश्व संङकलन



 

दाङ १७ बैशाख । आन्तरीक राजश्व कार्यालय राप्ती दाङले चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्य भन्दा बढि राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयका कर अधिकृत भागिराम केसीका अनुसार चालु आर्थिक वर्षको चैत सम्ममा लक्ष्य भन्दा ३१ हजार एक सय ९४ बढि राजस्व संकलन गर्न सफल भएको हो ।

 

उनका अनुसार चैत महिना सम्म ११ लाख ९९ हजार ४ सय ८३ रुपैंया राजश्व संकलन गर्न सफल भएको हो । व्यावसायीहरुले कारोवार पारदर्शी बनाउँनु, ईमान्दारी पूर्बक कर तिर्नु, नियमित अनुगमन हुनु ,कर दाता शिक्षा कार्यक्रम सञ्चालनगर्नु जस्ता कारणले गर्दा कर संकलनमा बृद्धि भएको उनले बताए ।

 

उनका अनुसार चालुआर्थिक बर्षको नौ महिनामा आयकर तर्फ ५ लाख ८ हजार ४ सय १८ , बहाल कर तर्फ ६ लाख ५ हजार १ सय ६५, शिक्षा सेवा शुल्क तर्फ ९ हजार ९५, स्वास्थ्य सेवातर्फ ५ हजार २ सय १३ , व्याज कर तर्फ २ लाख ७ हजार , मुल्य अभिवृदी कर तर्फ ३ लाख ७५ हजार ६ सय ४५ , अन्तःशुल्कतर्फ २ लाख १५ हजार २ सय ४३ राजश्व संकलन हुन सफल भएको छ ।

श्रावनमा एकलाख ९९ हजार ४ सय १५ साजश्व संकलन भएको छ । त्यस्तै भदौमा ७ लाख ७७ हजार, आसोजमा एक लाख ७५ हजार ९ सय ७३, कार्तिकमा एक लाख २३ हजार ४ सय ६२, मङसिरमा एक लाख १३ हजार ६ सय १९, पौषमा एक लाख ६२ हजार ४ सय ७९, माघमा ९१ हजार ६ सय ९५ , फागुनमा एकलाख तीन हजार ९ सय ६७, चैतमा एक लाख १८ हजार दुई सय ६ राजस्व संकलन भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्