सभामुखद्धारा बुद्ध जयन्तीका अबसरमा शुभकामना व्यक्त



काठमाण्डौ१७ बैशाख । सभामुख कृष्णबहादुर महराले बुद्ध जयन्ती अबसरमा शुभकामना व्यक्त गर्नु भएको छ । महराले शुभकामना बक्तव्य जारी गर्दै यस्तो शुभकामना व्यक्त गर्नु भएको हो ।

 

बक्तव्यमा समस्त नेपाली तथा विश्वभरका बौद्ध धर्मावलम्बीहरुको गौरवपूर्ण दिन २५६२ औं बुद्ध जयन्तीको पावन अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरु र विश्वभरका बौद्ध धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु भनिएको छ ।

शान्तिका अग्रदूत, बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धले देखाउनुभएको सत्मार्ग, सदाचार र त्यागको बाटो अहिले पनि हामी सबैका लागि उत्तिकै अनुकरणीय रहेको समेत उल्लेख गर्नुभयो ।

२५६२ वर्षअघि लुम्बिनीमा जन्मिएर विश्वलाई नै देखाउनुभएको सत्य, न्याय, मेलमिलाप र अहिंसाको दर्शनले आज हामीलाई नेपाली हुनुको गौरव झनै उँचो बनाइदिएको छ । दिगो शान्ति र समृद्धिको खोजीमा संसारभरका मानिसहरु भौतारिरहेको अहिलेको सन्दर्भमा बौद्ध दर्शन र गौतम बुद्धका उपदेश–वचनहरुको महत्व भन बढेर गएको वताउँनुभयो ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त देशमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आपसी मेलमिलाप र सद्भावका साथ मिलेर बस्न बौद्ध दर्शन हामी सबैका लागि प्रेरणादायी बन्नेछ भन्नुभयो ।

आजकै दिन परेको किराँत समुदायको ठूलो पर्व उभौली पर्वको अवसरमा समस्त किराँत समुदायमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । उभौली पर्वले आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवद्र्धन गर्न हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु ।

फेरि पनि, २५६२ औँ बुद्ध जयन्ती र उभौली पर्वले शान्ति, समृद्धि र सत्मार्गमा अगाडि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस्, यही शुभकामना व्यक्त गर्दछु बक्तव्यमा भनिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्