दिलिप रायमाझी र निरुता सिंहको जोडी पर्दामा देखिदै ।।



बर्षौ पछी नायक दिलिप रायमाझी र नायिका निरुता सिंहको जोडी पर्दामा देखिन लागेको छ । निर्देशक तथा निर्माता विकासराज आचार्यले दुवैलाई एकसाथ जोड्ने काम गर्न लागेका छन् ।

चलचित्र ‘नाइँ नभन्नु ल ५’ मा बालकलाकार अनुभव रेग्मीकी आमाको भूमिकामा निरुता सिंह देखिदैछिन् भने उनको जोडीको रुपमा दिलिप रायमाझी हुनेछन् । निरुताको चलचित्रमा केमियो भूमिका भए पनि उनि चलचित्रमा कमब्याक गर्न निकै उत्साहित रहेकी छिन् ।

अझ दिलिप रायमाझीको साथ पाउदा उनि निकै खुसि पनि छिन् । भदौ ८ गते रिलिज हुने चलचित्रमा स्वस्तिमा खड्का, प्रियंका कार्की, केकी अधिकारि, अनुभव रेग्मी, सेड्रीना शर्मा लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्