विद्युत पोलढाल्दा बंगालाचुलीमा विद्युत अबरुद्ध



सैघाली खबर,

दाङ,१७ बैशाख ।

दाङको बंगचालुली गाउँपालिकाको अधिकांस वडाका टोलहरुमा विद्युत अबरुद्ध भएको छ । गएराती आएको हावाहुरीले विद्युतका काठेपोलहरु ढाल्दा विद्युत अवरुद्ध भएको हो । विद्युत अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

गाउँपालीका को वडा नम्वर ४ को बागी,तापा, वडा नम्वर ५ र ६ का अधिकांस ठाउँमा विद्युत अवरुद्ध भएको बंगलाचुली गाउँपालिका वडा नम्वर चारका वडा अध्यक्ष नारायण डागीले जानकारी दिनुभयो ।

गाउँपालिकाको धेरै जसो ठाउँहरुमा काठको पोलमा विद्युतको तार टाँगेर घर घरमा विद्युत पुराईएको छ । तर काठको पोल कच्चो हुने र अलिठुलो हावाहुरी आएमा सचिलै पोल ढाल्ने भाँचीने हुँदा यस्ता समस्या आउने गरेको अध्यक्ष डाँगीले बताउनु भयो ।

वडा नम्वर ४ बागी टोलमा गएराती देखि विद्युत सेवा अवरुद्ध भएको छ । गएराती आएको हावाहुरीले बागीमा ५ वटा विद्युत पोल ढालेपछि विद्युत अवरुद्ध भएको वडा अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

विद्युत अरुद्ध हुँदा सो टोलका ९० घर प्रभावीत भएको अध्यक्ष डाँगीले जानकारी दिनुभयो । यस्तै हावाहुरीका कारण पोलढल्दा वडा नम्वर दुईको टाकुरामा पनि विद्युत सेवा अवरुद्ध भएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्