डोकोमा साप्ताहिक लोक ‘फ्युजन ’



सैघाली खबर
दाङ, १७ वैशाख । लोपोन्मुख बन्दै गइरहेका मौलिक लोककला र संस्कृति बाजागाजाहरुको संरक्षण र विकासका लागि डोको हस्पिलिटी प्राली दाङले पश्चिम नेपालमै पटक लोक फ्युजन कार्यक्रम गर्ने भएको छ । होटेल डोकोले सोमवार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको छ । डोको होटेलका म्यानेजर बसन्त जिएमले होटेल क्षेत्रले पनि कला र संस्कृतिको संरक्षण र विकास गर्न सक्ने भएकाले साप्ताहिक लोक साँगितिक कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

स्थानीय लोकबाजाहरुको समधुरतामा आगन्तुक पाहुनाहरु मनोरञ्जन रहितको सेवा पु¥याउने उद्देश्य पनि रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘डोको पनि मौलिकता हो, कला सांगितिक कार्यक्रम पनि मौलिकता गर्ने र देखाउने खोजेका छौं । जसले नमूनायोग्य कामको शुरुवात गर्ने छ । कला र संस्कृति संरक्षणमा । ’ प्रत्येक हप्ताको शुक्रवार साँझ ७ वजे देखी राती साढे ८ वजे सम्म लोकवाजाहरुको प्रस्तुती रहने जानकारी दिनुभयो ।

त्यस्तै संगितकर्मी एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङका प्रथम उपाध्यक्ष राजेन्द्र दाहालले लोक मौलिक बाजागाजाहरु हराउदै गइरहेकाले ति बाजागाजाहरुको संरक्षणका लागि होटेल डोकोले थालेको लोक फ्युजन कार्यक्रम दाङको मौलिकता संरक्षणमा निकै सघाउ पु¥याउने बताउनुभयो ।
दाङमा कला संरक्षण विकासका लागि आमको चाँसो नवढे पनि यस्ता नीजि क्षेत्रहरुले सहयोग फष्टाउने आश देखिएको उहाँले बताउनुभयो ।

अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । लोक फ्युजनका लागि स्थानीय बाजा मादल , बाँसुरी , सारङगी , चाप , शकर, झ्याली, मुजुरा लगायतका प्रस्तुती रहने जानकारी दिनुभयो । जसमा कलाकारहरु राजेन्द्र दाहाल, केशव रावत , गंगन मगर र एमवि समर्पण लगायतका रहेका छन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सल्लाहाकार सुदिप गौतमले नयाँ व्यवस्थापन र नयाँ योजनाका साथ नमूनायोग्य कामको शुरुवात होटेल डोकोलाई शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आरके शितलले गर्नुभएको थियो ।

कफीमा स्वाद र सन्तुष्टी

होटल डोको प्राली दाङमै स्तरिय कफी सेवा पु¥याउदै आईरहेका छ । दाङमै पहिलो पटक आत्याधुनिक मेशिनवाट प्रसोधन गरिएको कफी होटेलले आफै बारिस्ता मेशिनको प्रयोग गरी स्तरिय कफी खुवाउदै आइरहेको छ । 

आफैले पिसेर कफी खुवाउने भएकाले कफीमा स्वाद अन्य भन्दा फरक र नौलो तरिकाले दिने गरेको होटेल म्यानेजर बसनत जिएमले जानकारी दिनुभयो । होटेलको पहिलो र नौलो स्वाद नै कफी रहेका उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्