वैशाख २१ गते बस्ने गरी कांग्रेस बैठक स्थगित



सैघाली खबर,
काठमाडौं १७ बैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारीको आज बोलाइएको बैठक स्थगित भएको छ । बैठक आगामी वैशाख २१ गते दिउँसो २ बजे बस्ने गरी स्थगित भएको हो ।

काँग्रेसले आज बिहान ८ः३० बजेका लागि बोलाएको बैठक बिशेष कारण स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकबाट पदाधिकारी मनोनीत गर्ने पार्टी सभापति देउवाको तयारी थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टिका कारण बैठक केही दिनका लागि स्थगित गरिएको बुझिएको छ ।

छलफल नै नगरी केन्द्रीय समितिको निर्वाचित पदाधिकारी बैठकबो लाएको भन्दै वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गर्ने घोषणा गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्