काबुलमा अात्मघाती अाक्रमण, पत्रकारसहित कम्तीमा २१ जनाको ज्यान गयो



सैघाली खबर
बैशाख १७ । अफगानस्तानको राजधानी काबुलमा दुई आत्मघाती आक्रमणमा पत्रकारसहित कम्तीमा २१ जनाको ज्यान गएको छ ।

मोटरसाइकलमा आएका व्यक्तीहरुले आत्मघाती विष्फोेट गराएपछि त्यसको फोटो खिचिरहेका समाचार संस्था एएफपीका मुख्य फोटो पत्रकार शाह मराईको ज्यान गएको हो । एएफपीका अनुसार आत्मघाती आक्रमणको तस्बिर खिचिरहेका बेला पत्रकारलाई नै लक्षित गरी गराइएको अर्को आक्रमणमा मराईसहित अन्य तीनजना पत्रकारको पनि ज्यान गएको हो । समाचार संस्था अलजजिराले भने आक्रमणमा ६ पत्रकार मारिएको जनाएको छ ।

आक्रमणकारीले आफू पनि पत्रकार रहेको भन्दै पत्रकार रहेको ठाउँमा पुगेको र विष्फोट गराएको अफगानस्तानका प्रहरी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । विष्फोटमा धेरै नागरिक घाइते भएको खबरमा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्