अभिषेकले फिल्मबाट दुई बर्ष ब्रेक लिनुको कारण यस्तो रहेछ ।।



सैघाली खबर, काठमाण्डौँ ।
बलिउड अभिनेता अभिषेक बच्चनले ‘मनमर्जिया’ फिल्मबाट पुनरागमन गर्दैछन् । ब्रेक लिएको दुई वर्ष पछि उनले ‘मनमर्जिया’ फिल्म बाट पुनरागमन गर्न लागेका हुन् ।

अभिषेकका अनुसार आफूले फिल्मबाट ब्रेक लिनुको कारण आफु एकै प्रकारको रोलबाट वाक्कदिक्क भएकाले केही फरक गर्न खोजिरहेको तर चाहेजस्तो फिल्म नपाएको रहेको छ । आफू फिल्म नगरेर खाली बस्दा पनि परिवार तथा श्रीमती ऐश्वर्या रायबाट निरन्तर सपोर्ट पाएको अभिषेक बताउँछन् । यसैगरी पिता अमिताभ बच्चनको पनि यसमा सहमति थियो । आफूले अभिनय गरेको नयाँ फिल्म ‘मनमर्जिया’ मा चाहेको जस्तै कथावस्तु भएकाले काम गरेको अभिषेकको भनाई छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्