बृहत साहित्य समारोह फरक–फरक बिद्याका सर्जक पुरस्कृत



दाङ,१७ बैशाख । राप्ती साहित्य परिषद्को साधारणसभा तथा बृहत साहित्य समारोह घोराही सम्पन्न भएको छ । राप्ती साहित्य परिषदको आयोजना भएको समारोहमा विभिन्न श्रष्टाहरुलाई सम्मान गरिएको थियो ।

परिषद्ले यसवर्षको राप्ती साहित्य पुरस्कार दाङका वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँलाई प्रदान गरिएको छ । नेपाली साहित्यमा उल्यखनिय योगदान पु¥याएको भन्दै परिषद्ले यसवर्षको राप्ती साहित्य पुरस्कार मजगैयालाई प्रदान गरेको हो । यस्तै यसवर्षको राप्ती सिर्जना पुरस्कार रोल्पाको साहित्यकार डि.बि.टुहुरोलाई २०७३ सालमा प्रकाशित भएको उनको पुस्तक रोल्पाको साहित्यिक रुपरेखा तथा स्रष्टा र सिर्जनाका लागि प्रदान गरिएको छ ।

 

यस वर्षको डोमादेवी साहित्य पुरस्कार गिरिप्रसाद बुढामगर (रुकुम) अपामुकुन्द प्रज्ञा पुरस्कार फत्तेकुमारी वली (रुकुम) ऋषिलक्ष्मी साहित्य पुरस्कार डि.एम.निशार (रोल्पा),देवीचन्न्द्र साहित्य पुरस्कार व्योमजी अवतार(रोल्पा),गोपालचन्द्र प्रज्ञा पुरस्कार बलबहादुर घर्तीमगर (रोल्पा), नन्दहरि साहित्य पुरस्कार इन्द्र भण्डारी अङ्ति (सल्यान),खोबिलाल हुकुमादेवी छन्द पुरस्कार केशवराज देवकोटा (सल्यान), लाई प्रदान गरिएको छ ।

यसैगरी विष्णु नुमा साहित्य पुरस्कार तिला पन्थी (दाङ)गोमा देवकोटा कला पुरस्कार निर्मला यादव(दाङ)हरिप्रसाद मिना पाण्डेय कलासाहित्य पुरस्कार हुमबहादुर डिसी (दाङ) पद्मप्रसाद रुपसा प्रज्ञा पुरस्कार प्रज्ञा पुरस्कार गणेश गन्धर्व (दाङ) तिलका तुलसीराम स्मृति साहित्य पुरस्कार उदय आले (दाङ) चक्रपाणि लक्ष्मी लोकेश्वरी छन्द पुरस्कार दीपककुमार आचार्य (दाङ) , नित्यानन्द शर्मा प्रज्ञा पुरस्कार गुरुप्रसाद कुमाल बुल्बुल (दाङ) पद्माकुल स्मृति हाँस्यव्यङ्ग्य पुरस्कार नवराज आचार्य (प्युठान), पण्डित कपिलमुनि भक्तकुमारी शिवाकोटी साहित्य पुरस्कार स्मृति घर्तीमगर (प्युठान) लाई प्रदान गरिएको छ ।

यस्तै खोबिलाल हुकुमादेवी छन्द पुरस्कारका संस्थापकहरु रोल्पाका साहित्यकार दामु मर्सिफुल र कविता उपाध्याय, गणतन्त्र राष्ट्रिय दैनिक, दाङ र अग्रज साहित्यकार प्रा।गदाधर पौडेल, दाङलाई पनि सम्मान गरिएको छ । परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षता तथा सस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । राप्ती साहित्य परिषद् प्युठानका अध्यक्ष देबेन्द्र रिजालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिब रमेश शुबेदीले गर्नुभएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्